ट्रकको ठक्करबाट अध्यागम अधिकृत पाण्डेको निधन


काठमाडौं ।  ट्रकको ठक्करबाट अध्यागम अधिकृत भूपति पाण्डेको निधन भएको छ । आज दिउँसो बल्खु चोकमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका पाण्डेको बयोधा अस्पतालमा पुर्‍याएलगत्तै निधन भएको हो ।

नेपाल विद्यार्थी संघ रेसुङ्गा बहुमुखी क्याम्पसका पूर्व अध्यक्ष समेत भइसकेका अधिकृत पाण्डे चढेको स्कुटरमालाई  मालवाहक ट्रकले ठक्कर दिँदा निधन भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी निरञ्जन भट्टका अनुसार उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत अधिकृत पाण्डेको ट्रकको ठक्करबाट निधन भएको हो ।

३८ वर्षीय भूपति पाण्डे अर्घाखाँची छत्रदेव गाउँपालिका-५ घर भई हाल चन्द्रागिरि नगरपालिका-१२ सतुंगल बस्दै आएका थिए । सानेपाबाट कलंकीतर्फ जाँदै गरेको बागमती प्रदेश-०३-००१ ख १७१५ नम्बरको मालवाहक ट्रकले पाण्डेले चलाएको स्कुटरलाई हानेको हो । घाइते पाण्डेलाई अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन् ।

प्रहरीले पाण्डेलाई हान्ने उक्त ट्रक चालक अर्जुन ढुंगानालाई पक्राउ गरिसकेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #भूपति पाण्डे अध्यागमन अधिकृत

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com