१२ तहकाे खटनपटन

अरुलाई खटाएको ठाउँमा जान कानुनी पाठ सिकाउनेहरू आफू खटाएको ठाउँमा नजाने !


काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा १२ तहको रिक्त दरबन्दी पूरा भएको छ । हालै सरकारले स्वास्थ्यमा खाली रहेको दुई पदका लागि डा. विकास देवकोटा र डा. टंक बराकोटी सिफारिस भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा चार जना प्रमुख विशेषज्ञ (१२ तह) को दरबन्दी रहेको छ । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा १ जना, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा २ जना र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा १ जनाको दरबन्दी रहेको छ ।

हाल मन्त्रालय र वीर अस्पतालमा दरबन्दी पुरा भएको छैन । देवकोटा र बराकोटीको बढुवा भएसँगै अब पूर्णता भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामा १ जनाका लागि मात्रै कोठा उपलब्ध रहेको छ । अर्का एक जनाका लागि बस्ने ठाउँ छैन ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार उनिहरूको व्यवस्थापनमा केही समस्या देखिएको छ । प्रमुख विशेषज्ञ वीर अस्पताल जान मान्ने देखिँदैन । यस अगडाी डा.संगिता मिश्रा, डा.गुणराज लोहनीले पनि वीर अस्पताल जान अस्वीकार गरेका हुन् । डा. दिपेन्द्र रमण सिंहले पनि आफू वीर अस्पताल नजाने बताए ।

प्रमुख विशेषज्ञ डा. संगिता र डा. दिपेन्द्र वीर अस्पताल  नगएपछि डा. देवकोटा र डा. टंक बाराकोटी मध्ये एक जना जानुपर्ने देखिन्छ । अन्यथा प्रमुख विशेषज्ञ १ जनाको सदाबहार बरन्डाको बास हुनेछ । नयाँ प्रमुख विशेषज्ञ मध्ये डा. विकास देवकोटाले पनि स्वास्थ्य मन्त्रालयको खाली रहेको एउटा कोठा आफ्नो लागि हेरिसकेका छन् ।

गज्जबत के देखियो भने, एमबीबीएस र बिडिएस अध्ययन गर्दा वीर अस्पताल जान शक्ति केन्द्र धाएका चिकित्सक प्रमुख विशेषज्ञ हुँदा वीर अस्पतालको नेतृत्वमा जान नचाहनु आश्चर्यको विषय छ । हिजो वीर जान मरिहत्ते गरेका उनिहरू आज नेतृत्वमा पुग्दा वीर जान मानिरहेका छैनन् ।

आफू नेतृत्वमा हुँदा खटाएको स्थानमा कर्मचारी नगएको भन्दै कानुनी पाठ पढाउने अधिकारी अहिले मन्त्री, सचिवले खटाएको स्थानमा जान्न भन्न सुहाउँदैन । सायद यति सम्झाएपछि उनिहरू मध्ये खटाएको एक जना अवश्य जालान् । खटाएको स्थानमा जान मान्छन् वा मान्दैनन् यसलाई हामीले नजिकबाट हेरेका छौं ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com