सूर्य नेपालले ‘मिन्ट-ओ बाइट’ नामक चकलेट बजारमा ल्याउने


काठमाडौं । सूर्य नेपाल प्रा.लि.ले आफ्नो नयाँ उत्पादन बजारमा ल्याउने भएको छ ।
सूर्य नेपालले कन्फेक्सनरी उत्पादन मिन्ट-ओ बाइट नामक चकलेट बजारमा सार्वजनिक गर्न लागेको हो ।

‘फ्रेसनेश इन एभरी बाइट’ नारासहित प्रवद्र्धन गरिएको उत्पादन “मिन्ट” स्वादमा ट्वीस्ट र्याप प्याकमा उपलब्ध हुने सूर्य नेपालले जनाएको छ ।

आकर्षक मूल्यसहित मिन्ट ओ बाइट ५ रुपैयाँमा २ वटा उपलब्ध हुनेछ ।

मिन्ट ओ बाइटको प्रयोगले अद्भुत सितलताको आभाषको साथै रिफ्रेशिङ्ग अनुभव पनि गराउने कम्पनीद्वारा जारी प्रेश विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मिन्ट स्वादले ताजा श्वास को साथै आत्मविश्वास पनि जगाउने कम्पनीको दावी छ ।

अक्वा निलो र्यापरमा उपलब्ध मिन्ट ओ बाइट बजारमा अरु उपलब्ध मिन्ट स्वादका कन्फेक्सनरी उत्पादनहरू भन्दा आकर्षक र भिन्न देखिने कम्पनीले जनाएको छ ।

मिन्ट स्वाद रुचाउने ग्राहकहरूले मिन्ट ओ बाइट टफीको प्रयोगबाट मिन्टको सन्तुलित स्वाद प्राप्त गर्न सक्नेछन् ।

मिन्ट ओ बाइट नेपालभरीका खुद्रा पसल तथा सुपरमार्केटहरूमा उपलब्ध हुनेछ ।

क्याटेगोरी : समाचार, स्वास्थ्य कर्पोरेट

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com