अस्पताल भर्ना भएको ४ दिनपछि राष्ट्रपति पौडेल डिस्चार्ज


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

पेटमा समस्या देखिए पछि शनिवार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएका राष्ट्रपति पौडेल ४ दिनपछि निको भएर बुधवार डिस्चार्ज भएका हुन् ।

शीतल निवास फर्केका राष्ट्रपति पौडेललाई केही समय पूर्णरुपमा आराम गर्न चिकित्सकहरूले सुझाव दिएका छन्।

यसैबीच, राष्ट्रपति पौडेलले आफ्नो उपचारमा संलग्न चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, त्रिवि शिक्षण अस्पताल परिवार तथा स्वास्थ्य लाभको कामना गर्ने सबैमा धन्यवाद व्यक्त गरेको उनका निजी सचिवालयले जनाएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com