नेपाली सेनामा मेडिकल अधिकृतसहित ६२ स्वास्थ्यकर्मीलाई जागिरको अवसर


काठमाडौं । नेपाली सेनाले ४४ जना एमबीबीएस गरेका डाक्टरसहित ६२ जना स्वास्थ्यकर्मीलाई सैनिक प्राविधिक उपसेनानीमा जागिरको अवसर दिएको छ । सेनाले आज एक सूचना निकाल्दै ६२ जना स्वास्थ्यकर्मीलाई सैनिक प्राविधीक उपसेनानी (प्राउसे)मा जागिरको अवसर दिएको हो ।

नेपाली सेनका अनुसार ४४ जना एमबीबीएस गरेको डाक्टरलाई प्राउसेमा जागिर खुलाइएको छ । जसमा सैनिक तालिम वा आफ्नो कर्तव्य गर्दा गर्दै कुनै शारीरिक चोट पटक लागि सोही कारणबाट शारीरिक रुपमा अशक्त भएका र कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्ततीलाई ५ वटा कोटा छुट्याइएको छ । त्यस्तै खुला तर्फ २१, समावेशी तर्फ महिला ४, आदिवासी/जनजाती ६, मधेसी ५, दलित २ र पिछडिएका क्षेत्रबाट १ जनालाई कोटा निर्धारण गरिएको छ ।

डेन्टिष्टमा खुला १ र दलित १ गरी २ जनालाई प्राउसेमा जागिरको अवसर प्रदान गरिएको हो । नर्सिङ तर्फ ३ जनालाई प्राउसेमा राख्न खोजिएको छ । जसमा सैनिक तालिम वा आफ्नो कर्तव्य गर्दा गर्दै कुनै शारीरिक चोट पटक लागि सोही कारणबाट शारीरिक रुपमा अशक्त भएका र कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्ततीलाई १, खुला तर्फ १ र समावेशी तर्फ आदिवासी/जनजातीलाई सैनिक प्राविधिक प्राउसे नर्सिङमा १ कोटा छुट्‌याइएको छ ।

फार्मेसिष्ट प्राउसेमा ३ वटा पद रहेकोमा खुला, महिला र दलितलाई १/१ वटा कोटा निर्धारण गरिएको हो । त्यस्तै फूड एण्डन्यूट्रिसन स्पसलिष्ट तर्फको प्राउसेको पदमा आदिवासी/जनजातीको एउटा पदमा मात्र आवेदन खुलाइएको छ । मेडिकल ल्याब टेक्नोलोजिष्ट तर्फको प्राउसेमा खुला तर्फ १ र मधेसी १ गरी २ जनालाई रोजगारीको अवसर प्रदान गरिएको छ ।

नेपाली सेनाले प्राउसे रेडियोग्राफरमा खुला तर्फ १, प्राउसे फिजियोथेरापिष्ट  खुला र मधेसी तर्फ १/१ गरी २ जना र प्राउसे डेटन्टल हाइजिन खुला तर्फ १ जना मागेको छ ।  प्राउसे क्लिनिकल साइकोलोजिष्ट खुला तर्फ र आदिवासी/जनजाती तर्फ १/१ गरी २ जना र प्राउसे अडियोलोजिष्ट एण्ड स्पिच ल्याङ्वेज प्याथोलोजिष्ट १ जनालाई सेनाले रोजगारीको अवसर दिएको छ ।

नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाका अनुसार १८ वर्ष पूरा भई २९ वर्ष ननाघेको पुरूष र १८ वर्ष पूरा भई ३० वर्ष ननाघेको महिलाले फारम भर्न सक्नेछन् ।  पुरूषको ५ फिट ३ इन्च र महिलाको न्यूनतम ५ फिट उचाई हुनुपर्ने निर्देशनालयले जनाएको छ ।

२०८० वैशाख २३ गतेसम्म तोकिएको भर्ना केन्द्रमा पुगेर दरखास्त फारम बुझाउन सकिने नेपाली सेनाको भर्ना छनौट निर्देशनालयले निकालेको सूचनामा उल्लेख छ ।

 

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : #जागिर, #नेपाली सेना, #सैनिक प्राविधिक उपसेनानी (प्राउसे)

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com