रास्वपाका सांसद डा. ढाकाकुमार श्रेष्ठ निलम्बित


काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. ढाकाकुमार श्रेष्ठ निलम्बित भएका छन् ।

स्वास्थ्यमन्त्री बन्न मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग २ करोड घुस मागेको अडियो सार्वजनिक भएपछि उनलाई पार्टीले निलम्बन गरेको हो । रास्वपाले सांसद डा. श्रेष्ठलाई १ हप्ताका लागि निलम्बित गरेको हो ।

सहकारी ठगी लगायतका विषयमा विवादित बनेका डा. श्रेष्ठ रास्वपाका समानुपातिक सांसद हुन् । कास्कीका उनलाई रवि लामिछानेको विशेष चाहनामा सांसद बनाइएको हो । अडियोमा डा. श्रेष्ठले स्वास्थ्यमन्त्री बन्न रविको टिमले २ करोड मागेको दाबी गरेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com