बागमतीमा पनि काँग्रेसले स्वास्थ्य मन्त्रालय खाली राख्यो


काठमाडौं । नेपाली काँग्रेसले बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय खाली राखेको छ । काँग्रेसको भागमा पर्ने निश्चित जस्तै रहेको स्वास्थ्य मन्त्रालय खाली राखेर काँग्रेसबाट आज दुई मन्त्रीले सपथ खाएका छन् ।

काँग्रेसको भागमा परेको सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा मन्त्री खाली राखेको काँग्रेसले बागमती प्रदेशमा पनि त्यस्तै व्यवहार देखाएको छ । मन्त्री बन्न गुटगत हानाथाप भएपछि काँग्रेसले बागमतीमा स्वास्थ्यमन्त्री छान्न नसकेको हो ।

शालिकराम जम्कट्टेलको नेतृत्वमा रहेको बागमती सरकारका बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामा आर्थिक मामिला तथा योजनामन्त्री बनेका छन् । त्यस्तै तीर्थबहादुर लामाले खानेपानी, ऊर्जा तथा सिँचाईमन्त्रीको हैसियतमा सपथ खाएका छन् । काँग्रेसको भागमा अब स्वास्थ्यसहित पर्यटन र श्रम मन्त्रालय पाउने सम्भावना छ ।

माओवादी केन्द्रले मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार, सामाजिक विकास र आन्तरिक मामिलामा मन्त्रालय पाइसकेको छ । समाजवादीले दुई मन्त्री लिएर सरकारमा जाँदै छ ।

काँग्रेसबाट स्वास्थ्यमन्त्रीमा मसिना खड्का, श्रीराम लामिछानेलगायतको चर्चा छ । पर्यटन मन्त्रालय भने काठमाडौं कै नेवार समुदायबाट बनाउने संसदीय दलका नेता बहादुर सिंहको तयारी छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : #बहादुर सिंह लामा, #शालिकराम जमकट्टेल, #स्वास्थ्यमन्त्री बागमती

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com