सबै पाईने उपत्यकामा स्वास्थ्य बीमा नपाइने !

प्रथम विन्दु नभेट्ने अभागी ललितपुर र काठमाडौं महानगर, नागार्जुन, किर्तिपुर र बुढानिलकण्ठ नगरपालिका


काठमाडौं । सरकारले २०७२ सालमा स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको थियो । हालसम्म आइपुग्दा ७७ जिल्ला र ५ वटा पालिका बाहेक सबै स्थानबाट सेवा सुरु भएको छ । स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुन चाहन नेपालीहरूले सेवा लिन सक्नेछन् ।

स्वास्थ्य बीमा बोर्डले बताए अनुसार अहिलेसम्म ७७ जिल्ला र ७ सय ४८ पालिकामा बीमा कार्यक्रम लागू भएको छ । यति सङ्ख्या भनेपछि छुटेका ५ पालिका कुन कुन हुन् भन्ने जिज्ञासा सबैमा उठेको छ । सबैभन्दा सुगम क्षेत्रका पालिका बीमाबाट बन्चित छन् । त्यहाँका नागरिकले अहिलेसम्म स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुन पाएका छैनन् । त्यसको एउटै मात्र कारण प्रथम बिन्दुको अस्पताल वा स्वास्थ्य संस्था नहुनु हो ।

स्वास्थ्य बीमा बोर्डका प्रवक्ता शम्भु ज्ञवालीका अनुसार ललितपुर महनागरपालिका, काठमाडौं महानगरपालिका, नागार्जुन नगरपालिका, किर्तिपुर नगरपालिका र बुढानिलकण्ठ नगरपालिका स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध छैनन् ।

चाहेको जस्तो सबै पाइने उपात्यकामा स्वास्थ्य बीमा पाइँदैन । ज्ञवालीका अनुसार बीमा सुरु हुन प्रथम केन्द्र चाहिन्छ । यसो भन्नुको अर्थ सुरुमा सामान्य चिकित्सक भएका स्वास्थ्य संस्थामा देखाउँने त्यहाँ नभएको खण्डमा रिफरल अस्पतालमा पठाउँने हो । तर, यी ५ पालिकामा सामान्य स्वास्थ्य संस्था छैन । प्रथम बिन्दु नभएका कारण अहिलेसम्म उपत्यकाका नागरिक बीमाबाट बन्चित हुनु परेको छ ।

स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएका पाँच जना सदस्य भएका परिवारले वार्षिक रूपमा ३ हजार ५ सय रुपैयाँ तिरेपछि वार्षिक एक लाख रूपैयाँसम्मको औषधोपचार सेवा पाउँछन् । त्यस्तै प्रतिव्यक्ति ७ सय रुपैयाँ तिरेर थप बीस हजार रुपैयाँको सुविधा पनि पाउने बोर्डले जनाएको छ ।

स्वास्थ्य बीमामा आबद्ध नागरिकहरूले बोर्डले सम्झौता गरेका देशभरिका स्वास्थ्य संस्थाबाट उक्त सुविधा लिन सक्ने अधिकारीहरूले बताएका छन् । तर, यो सुविधाबाट उपत्यकाका २५ औं लाख नागरिक बन्चित छन् । स्वास्थ्य बीमामा आबद्ध व्यक्तिहरूले मधुमेह तथा उच्च रक्तचापजस्ता दीर्घरोगको उपचार र औषधि निःशुल्क लिन सक्छन् ।

स्वास्थ्य बीमा बोर्डका अनुसार काठमाडौं महानगरपालिका वडा नम्बर ३०, १९ र ८ ले प्रथम बिन्दुको रुपमा संस्था खडा गर्ने गृहकार्य थालेको बताइएको छ । सामान्य चिकित्सा र प्रयोगशाला सेवा भएको खण्डमा प्रर्थम सेवमा बिन्दु मान्न बोर्ड तयार छ । ललितपुरमा पनि केही स्थानमा तयारी हँुदैछ ।

प्रवक्ता शम्भु ज्ञवालीका अनुसार ५ पालिकामा दर्ता सहयोगी छनोट नभएका कारण बीमा अगाडी बढेको छैन । उपत्यकामा बीमा सुरु गर्न सके १५ हजारभन्दा बढी परिवार एकै पटक आवद्ध हुने छन् । हालसम्म १९ लाख ९४ हजार ३ सय ३८ परिवार सङ्ख्या बीमामा आवद्ध छन् । यता बिमित जनसङ्ख्या ६४ लाख ५४ हजार ७ सय ७२ पुगेको छ । कुल बिमित मध्ये सेवा लिनेको सङ्ख्या ४५ प्रतिशत अर्थात २८ लाख ९३ हजार ५ सय ७२ रहेको छ । नविकरण गर्नेहरूको सङ्ख्या ३८ लाख ७१ हजार ८ सय ५० जना रहेको छ । जुन ७० प्रतिशत हो ।

बीमा बोर्डका अनुसार ७७ जिल्लाका ७ सय ४८ पालिकाबाट ४ लाख ९८ हजार ७ सय २२ जना अति गरिबले बीमा गरेका छन् । उनिहरूको बीमा गर्दाको रकम र प्रिमियम राज्यले तिरेको छ । जेष्ठ नागरिकहरूको सङ्ख्या ७ लाख ७७ हजार ८ सय १६ जना रहेको छ । एचआईभी सङ्क्रमित सङ्ख्या ३२ हजार ५ सय ३० जनाले बीमा गरेका छन् । अति अपाङ्ग बिमितहरूमा १ लाख २२ हजार १ सय ५४ जना रहेका छन् । कुष्ठरोग सङ्क्रमित ३ हजार २ सय ४२ जना रहेका छन् ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : #काठमाडौं महानगरपालिका, #बीमा बोर्ड, #शम्भु ज्ञवाली, #स्वास्थ्य बीमा, #स्वास्थ्य बीमा कार्यक्रम

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com