मङ्गलदीपको धेरै काँटीसहित ‘चम्पा जिपलक’ बजारमा


काठमाडौं । सूर्य नेपाल प्रा.लि.ले आफ्नो नयाँ उत्पादन मङ्गलदीप चम्पा अगरबत्ती धेरै काँटिसहितको जिपलक प्याकमा सार्वजनिक गरेको छ ।

नेपालमै सर्वाधिक रुचाइएको मङ्गलदीप चम्पा अगरबत्तीको यो जिपलक ठूलो तथा नयाँ संस्करण धेरै काँटीसहितको जिपलक प्याकमा उपलब्ध छ ।

जिपलक प्याकमा १ सय ६५ वटा सुगन्धित र गुणस्तरीय काँटीहरू रहेका छन् । जसको मूल्य १०० प्रति प्याक कायम गरीएको छ । जिपलकमा उपलब्ध भएको कारणले मङ्गलदीप चम्पाको यो प्याकका काँटीको सुगन्ध बढि समयसम्म कायम रहने बताइएको छ । जसले गर्दा हरेक पटकको प्रयोगमा ग्राहकहरूले उहि अद्भूत सुगन्ध प्राप्त गर्ने छन् ।

यस जिपलक प्याकले उत्कृष्ट गुणस्तरियता कायम राखी मङ्गलदीप ब्राण्डको छवि र ब्राण्डप्रति उपभोक्ताको लगावलाई अझ सुदृढ बनाउने विश्वास कम्पनीले लिएको छ ।

१६५ वटा सुगन्धित एवं गुणस्तरिय काँटी भएकोले चम्पा जिपलक लामो समयसम्म चल्नेछ । जसले गर्दा छोटो अन्तरालमा अगरबत्ती खरिद गर्नुपर्ने वाध्यताको अन्त्य हुनेछ । हरेक प्रयोग पछि जिपलक बन्दगरी सुरक्षित तवरले राख्दा सहज भण्डारणको साथै गुणस्तरियतामा कुनै ह्रास नआउने कम्पनीले जनाएको छ ।

मङ्गलदीप पूजा अगरबत्ती अन्तर्गत चम्पा, अर्पण, चन्दन, ल्यावेन्डर, ज्यासमिन, त्रिसारा, त्रेया तथा पुष्पाञ्जली लगायतका विभिन्न ब्राण्डहरु बजारमा सर्वत्र उपलब्ध छन् ।

क्याटेगोरी : समाचार, स्वास्थ्य कर्पोरेट

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com