अल्फाको निःशुल्क बाल स्वास्थ्य शिविर


काठमाडौं । अल्फा केयरले निःशुल्क बाल स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।

बाल बालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै अल्फाले निःशुल्क बाल स्वास्थ्य शिविरको आयोजना गर्न लागेको हो ।

काठमाडौंको नयाँ बानेश्वरमा रहेको अल्फा केयरले हरेक हप्ताको दोस्रो शनिवार नि:शुल्क बाल स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको अल्फा केयरका मेडिकल डाइरेक्टर अशोक राज पाण्डेले बताए ।

अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर र बुद्धनगर टोल सुधार समिति बुद्धनगरको सहकार्यमा आयोजना हुन गइरहेको बाल स्वास्थ्य शिविरमा बालरोग विशेषज्ञसँग परामर्श लिन सकिने छ ।

सेवासँगै हतारमा बालबालिकालाई कान्ति अस्पताल वा कुनै अन्य महँगा निजी अस्पतालमा लैजानु पर्ने बाध्यतामा केही कमी आउँने अपेक्षा अल्फा केयरले गरेको छ ।

पाण्डेका अनुसार अल्फामा डा.प्रज्वल भुर्तेल, डा. प्रकृति भण्डारी र डा. सतिस पोखरेलले बालबालिकाको उपचारमा सहयोग गर्दै आएका छन् ।

क्याटेगोरी : समाचार, स्वास्थ्य कर्पोरेट

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com