कडा स्वभावका स्वास्थ्यमन्त्री मोहनको नरम प्रस्तुति


काठमाडौं । कडा स्वभावका मानिएका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको सुरुवाती प्रस्तुति नरम देखिएको छ ।

बिहीबार मात्र स्वास्थ्य मन्त्रालयको पदभार सम्हालेका मोहनको सुरुवाती प्रस्तुति निकै नरम रहेको स्वास्थ्य मन्त्रालयमा चर्चा छ ।

स्वास्थ्य मन्त्रालयका कर्मचारीले तयार पारेकाे ४ बुँदे कर्मकाण्डी निर्णयमा हस्ताक्षर गरेर पदबहाली गरेका मोहन स्वभाव अनुसारको कडा देखिएनन् । तर, उनले प्रयोगविहीन उपकरणको विवरण मागेर राम्रो छनक देखिएको संकेत देखिन्छ । प्रयोगविहीन उपकरणको यकिन विवरण आएको खण्डमा उपकरण खरिद प्रक्रियामा संलग्न स्वास्थ्यका कर्मचारीहरु अख्तियारको हिरासतमा पुग्ने निश्चित छ ।

आवश्यक पूर्वाधार र जनशक्ति बेगर नै कमिसनको चक्करमा अनावश्यक उपकरण खरिद गर्ने व्यक्तिहरू कारबाहीको दायरामा आउनै पर्छ ।

गत बैशाख १ गते स्वास्थ्य लाइभका प्रतिनिधिसँगको भेटमा स्वास्थ्यमन्त्री बन्नेमा ढुक्क देखिन्थे । उनले स्वास्थ्य मन्त्रालयमा आफ्नो विकल्प नभएको दाबी गरेका थिए । नभन्दै उनले २१ दिनपछि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर पाए ।

तत्कालीन स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सुरुवात गरेको नियमित सरसफाइ अभियानलाई मोहनले निरन्तरता दिनुपर्छ । व्यक्ति विशेषको नाममा रहेको बेरुजु फछ्र्योटमा उनले विशेष ताकेता गर्न जरूरी छ ।

स्वास्थ्य मन्त्रालयको अवैध चौथो तल्ला भत्काउनेदेखि अनधिकृत रुपमा बसेको एनएचएसएसपीलाई तुरून्त हटाउन मोहनले अग्रसरता लिनुपर्छ । बेथितिको भुमरिमा रहेको स्वास्थ्य मन्त्रालयमा सुशासनको दियो बाल्ने कडा स्वभाव मोहनले देखाउन सके उनकाे कार्याकाल साँच्चिकै प्रज्वलित हुनेछ ।

क्याटेगोरी : समाचार
ट्याग : #एनएचएसएसपी, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com