डेंगी नियन्त्रणका लागि सांसद श्रेष्ठको अगुवाइमा सरसफाई अभियान


काठमाडौं । सम्भावित डेंगी महामारी नियन्त्रणका लागि सांसद श्रेष्ठको अगुवाइमा सरसफाई अभियान सुरु गरिएको छ ।बागमती प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठको अगुवाईमा टोल-टोलमा सरसफाई अभियान सुरु गरिएको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० नयाँ मार्ग टोल विकास समिति, समुदाय-प्रहरी साझेदारी र स्थानीय समाजसेवीको अगुवाईमा सरसफाई अभियान सुरु गरिएको हो ।

डेंगीलगायतका महामारी रोग फैलिन नदिन टोल-टोलमा सरसफाई अभियान सञ्चालन गर्नु पर्ने सांसद श्रेष्ठको धारणा छ । यसको सुरुवात नयाँ बानेश्वरमा नयाँ मार्ग टोल विकास समितिबाट भएको उनको भनाइ छ । अब यो अभियान काठमाडौं निर्वाचन क्षेत्र नम्बर एकभरी सुरु गरिने सांसद श्रेष्ठले बताए । समुदायसँगको सहकार्यमा सरसफाई अभियान तीव्र रुपमा सञ्चालन गर्ने तयारी भइरहेको छ ।

सांसद श्रेष्ठको अगुवाईमा डेगीं नियन्त्रणको लागि अपनाईनु पर्ने सतर्कताको लागि आवश्यक जनचेतना फैल्याउने काम समेत गरिएको छ । उक्त अभियानमा सामुदायिक सेवा समितिका पदाधिकारी तथा सदस्य, काठमाडौं महानगरपालिका वडा नम्बर १० का सदस्य नरोज अर्याल र ३१ का सदस्य अशोक केसी सहभागी भएका थिए ।

त्यस्तै उक्त सरसफाई अभियानमा नयाँ बानेश्वर व्यापार- व्यवसाय संघका अध्यक्ष नवीन लुईटेल, नयाँ बानेश्वर नया मार्ग टोल विकास समितिका व्यक्तिहरू र आम समुदायको उपस्थिति रहेको थियो । स्वास्थ्य मन्त्रालयले डेंगी रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले कार्यालयहरूमा प्रत्येक शुक्रबार १० बजे १० मिनेट सरसफाई अभियान सञ्चालन गर्न आग्रह गरेको छ ।

काठमाडौं नयाँ बानेश्वरमा भने यो अभियान प्रत्येक शनिबार सञ्चालन गर्ने भएको छ

क्याटेगोरी : समाचार
ट्याग : #दिपेन्द्र श्रेष्ठ प्रदेश सांसद, #नयाँ बानेश्वर, #सरसफाई अभियान

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com