ट्रमा सेन्टरका सूचना अधिकारी भेटवालद्वारा अविष्कार केद्रलाई ७ हजार सहयोग


काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरका सूचना अधिकारी अर्जुनप्रसाद भेटवालले राष्ट्रिय अविष्कार केद्रलाई ७ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएका छन् ।

ट्रमा सेन्टरको समाजिक सेवा इकाईमा बसेर धेरै विपन्नलाई स्वास्थ्य उपचारमा महत्त्वपूर्ण योगदान पुर्‍याएका भेटवालले अविष्कार केद्रलाई ७ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएका हुन् । उनको यो सानो सहयोगले केन्द्रलाई ठूलो भरथेग भएको छ ।

महावीर पुन नेतृत्वको राष्ट्रिय अविष्कार केन्द्रले स्वास्थ्य उपकरण समेत मर्मत सम्भार गर्दै आएको छ । कोभिड-१९  तीव्र गतिमा बढीरहेको अवस्थामा केन्द्रले पीपीई समेत बनाएर निःशुल्क उपलब्ध गराएको थियो । केन्द्रले अविष्कारका क्षेत्रमा समेत अध्ययन, अनुसन्धानको तयारी गरिहेको छ ।

राष्ट्रिय ट्रमा सेन्टरका सूचना अधिकारी भेटवालको सहयोगले स्वास्थ्य क्षेत्रमा कार्यरत अन्यलाई पनि राष्ट्रिय अविष्कार केन्द्रलाई सहयोग गर्न प्रेरणा मिल्ने विश्वास लिइएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #महावीर पुन, #राष्ट्रिय अविष्कार केन्द्रले, #राष्ट्रिय ट्रमा सेन्टर, #राष्ट्रिय ट्रमा सेन्टरका सूचना अधिकारी अर्जुनप्रसाद भेटवाल

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com