बेवारिसे विरामीको निःशुल्क उपचार गर्दे आएको राष्ट्रिय ट्रमा सेन्टर


काठमाडौं ।  विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको राष्ट्रिय ट्रमा सेन्टरले निःशुल्क रुपमा बेवारिसे र बेसहारा बिरामीको उपचार गर्दै आएको छ । राष्ट्रिय ट्रमा सेन्टरले वर्षेनी त्यस्ता बिरामीलाई निःशुल्क रुपमा स्वास्थ्य उपचारको व्यवस्था मिलाउँदै आएको हो।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले अस्पतालहरूले निःशुल्क रुपमा १० प्रतिशत शय्या लक्षित वर्गका लागि छुट्याउन निर्देशन दिएका छन् । उनले प्रत्येक महिनाको १० गते महानगरपालिकामा विवरण बुझाउन समेत भनेका छन् ।

यसैबीच राष्ट्रिय ट्रमा सेन्टरले वर्षेनी निःशुल्क उपचार गर्दै आएको बिरामीको तथ्याङ्क सार्वजनिक गरेको छ । राष्ट्रिय ट्रमा सेन्टरका सूचना अधिकारी अर्जुन भेटवालका अनुसार सेन्टरले अघिल्लो आर्थिक वर्षमा ३४४ जना साथमा कोहि नभएका (बेवारिसे वा साहाराबिहीन वा सडक पेटीमा बस्ने सहयोगापेक्षी ) व्यक्तिहरूको नि:शुल्क औषधि/उपचार गरेको थियो । ती अधिकांशको पारिवारिक पुनर्मिलन र सामाजिक पुनःस्थापना समेत सेन्टरले गरेको उनको भनाइ छ ।

चालू आर्थिक बर्षमा ७२ जना त्यस्ता व्यक्तिहरुलाई नि:शुल्क औषधि/ उपचार , पारिविरिक पुनर्मिलन र सामाजिक पुनःस्थापना गरिएको सूचना अधिकारी भेटवालले जानकारी दिए ।

त्यस्ता व्यक्तिहरूलाई अस्पतालसम्म ल्याउन प्रहरी प्रशासन र नागरिक समाजले सहयोग गरिरहेको उनले बताए । उनीहरुको पुनस्थापनामा समेत महत्त्वपूर्ण सहयोग हुँदै आएको सूचना अधिकारी भेटवालले जनाए ।

राष्ट्रिय ट्रमा सेन्टरले गरिब तथा विपन्न वर्गलाई प्रदान गरेको छुटको विवरण आफ्नो वेबपेजमार्फत सार्वजनिक गर्दै आएको भेटवालले जानकारी दिए । उक्त पेजमा नाम र रकम समेत उल्लेख गरिएको उनको भनाइ छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : #राष्ट्रिय ट्रमा सेन्टर, #राष्ट्रिय ट्रमा सेन्टरका सूचना अधिकारी अर्जुनप्रसाद भेटवाल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com