सोमबार नयाँ बानेश्वरमा रक्तदान तथा आँखा शिविर सञ्चालन हुने


काठमाडौं । सोमबार नयाँ बानेश्वरमा वृहत्त रक्तदान तथा निःशुल्क आँखा स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।गणतन्त्र दिवसको अवसर पारेर नयाँ बानेश्वर व्यापार व्यवसायी संघले उक्त कार्यक्रम आयोजना गरेको हो ।

नयाँ बानेश्वर व्यापार व्यवसायी संघ अध्यक्ष नवीन लुइटेलका अनुसार नयाँ बानेश्वर चोक पिपलबोटमा खुल्ला वृहत्त रक्तदान तथा निःशुल्क आँखा शिविर कार्यक्रम तय गरिएको छ । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उक्त कार्यक्रम सञ्चालन हुने अध्यक्ष लुइटेलले जानकारी दिए ।

अस्पतालहरुमा रगतको अभावले उपचार नै रोकिएको तथा समयमा नै आँखा चेकजाँच नगर्दा दुष्टि नै गुमाउनु परेको तितो यथार्थलाई मनन गर्दै मानवीय सेवा भावले अभिप्ररित भई नयाँ बानेश्वर व्यापार व्यवसायी संघ उक्त कार्यक्रम राखेको अध्यक्ष लुइटेलको भनाइ छ । आँखाका समस्या हेरि आवश्यकता अनुसार केही औषधिहरु पनि नि:शुल्क उपलब्ध गराइने उनले जनाए ।

कार्यक्रमलाई भव्य र सभ्य रुपमा सुसम्पन्न गर्न सहयोग गरिदिन हुन समेत अध्यक्ष लुइटेलले अनुरोध गरेका छन् ।

 

 

क्याटेगोरी : समाचार
ट्याग : #नयाँ बानेश्वर व्यापार व्यवसायी संघ अध्यक्ष नवीन लुइटेल, #वृहत्त निःशुल्क स्वास्थ्य शिविर

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com