राष्ट्रिय ट्रमा सेन्टरले सुरू गर्‍यो ‘अनलाइन टिकेटिङ’


काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरले ‘अनलाइन टिकेटिङ’ सुरू गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको निर्देशनमा राष्ट्रिय ट्रमा सेन्टरले ‘अनलाइन टिकेटिङ’ सुरू हो ।

राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. रुद्र मरासिनीको सक्रियतामा बिरामी र सेवाग्राहीलाई सहज होस् भनेर अनलाइनबाटै टिकट लिने व्यवस्था गरिएको हो । पहिला वेबबाट टिकट काट्ने व्यवस्था भएपनि त्यो त्यति प्रभावकारी थिएन । अब भने सहज तरिकाले अनलाइनबाटै ट्रमा सेन्टरको टिकट बुकिङ गर्न सकिने छ ।

राष्ट्रिय ट्रमा सेन्टरका सूचना अधिकारी अर्जुन भेटवालले ‘अनलाइन टिकेटिङ’ सुरू भएको जानकारी दिए । स्वास्थ्यमन्त्री बस्नेतको निर्देशनपछि उक्त सेवा सुरू भएको उनको भनाइ छ ।

वीर अस्पतालमा भने यो सुविधा डा. भुपेन्द्र कुमार बस्नेत कै पालामा सुरु भइसकेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #डा. रुद्र मरासिनी, #राष्ट्रिय ट्रमा सेन्टर, #स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com