नयाँ बानेश्वरमा ९० जनाले आँखा जचाए


काठमाडौं । नयाँ बानेश्वरको आँखा स्वास्थ्य शिविरमा ९० जनाले आँखा जचाएका छन् । नयाँ बानेश्वर व्यापार व्यवसायी संघले आयोजना गरेको वृहत्त रक्तदान तथा निःशुल्क आँखा शिविर कार्यक्रममा ९० जनाले आँखा जचाएका हुन् ।

नयाँ बानेश्वर व्यापार व्यवसायी संघका अध्यक्ष नवीन लइटेलका अनुसार ९० जनाले आँखा जचाएका हुन् । त्यस्तै ५५ जनाले रक्तदान गरेका छन् । जसमा ५ जना महिला र ४८ जना पुरुष रहेको उनले जानकारी दिए ।

गणतन्त्र दिवसको अवसरमा नयाँ बानेश्वर व्यापार व्यवसायी संघले उक्त कार्यक्रम आयोजना गरेको हो ।

बिहान १० बजेदेखि ३ बजेसम्म चलेको रक्तदान तथा आँखा शिविरमा उल्लेख्य उपस्थिति रहेको थियो । काठमाडौं महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष रामकुमार केसीदेखि बानेश्वर वृत्तका डिएसपी निसान श्रीवास्तवसम्मको उपस्थित रहेको थियो । २५ हजार बराबरको आँखा औषधि समेत वितरण गरिएको लुइटेलले बताए ।

नयाँ बानेश्वर व्यापार व्यवसायी संघका अध्यक्ष ऊर्जाशील नवीन लइटेलले युवामा ऊर्जा भर्दै आएका छन् । नयाँ बानेश्वरलाई चलायमान बनाउन उनको निकै ठूलो भूमिका छ । लुइटेलले स्थानीयको स्वास्थ्य र सरसफाईमा विशेष जोड दिँदै आएका छन् ।

अध्यक्ष लुइटेलको नयाँ बानेश्वरमा अनधिकृत फुटपाथ र पार्किङ हटाउन पनि विशेष भूमिका छ । यसमा उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र वडाका जनप्रतिनिधिहरुलाई देखिनेगरी साथ दिएका थिए ।

क्याटेगोरी : समाचार
ट्याग : #नयाँ बानेश्वर व्यापार व्यवसायी संघ अध्यक्ष नवीन लुइटेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com