शनिबार अनामनगरमा वृहत्त रक्तदान कार्यक्रम


काठमाडौं । शनिबार काठमाडौंको अनामनगरमा वृहत्त रक्तदान कार्यक्रम हुने भएको छ । त्रिवेणी युवा क्लबको विशेष सक्रियतामा अगामी शनिबार वृहत्त रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर २९ र सामुदायिक प्रहरी सेवा केन्द्र घट्टेकुलोसँगको सहकार्यमा उक्त वृहत्त रक्तदान कार्यक्रम आयोजना गरिएको त्रिवेणी युवा क्लबले जनाएको छ ।

वृहत्त रक्तदान कार्यक्रमको सह-आयोजनमा शिखर युबा क्लब, नेपाल रेडक्रस सोसाइटी बानेश्वर उपशाखा, नेपाल होस्टल एसोसिएसन, कालिका महावीर स्पोर्टस क्लब र हाम्रो टिम नेपाल रहेका छन् ।

त्रिवेणी युवा क्लबलगायतका संस्थाले अनामनगरमा निरन्तर रक्तदान कार्यक्रम गर्दै आएको छ । उक्त रक्तदान कार्यक्रममा संघीय सांसद प्रकाशमान सिंह, प्रदेश सांसद दिपेन्द्र श्रेष्ठ, सशस्त्र प्रहरीका पूर्व आईजीपी सिंहबहादुर श्रेष्ठ, नेपाल प्रहरीका पूर्वडीआईजी रमेश  खरेल समेतको सहभागिता रहँदै आएको छ । स्थानीय वडाका जनप्रतिनिधिदेखि समाजसेवीसम्मको अनामनगरको रक्तदान कार्यक्रममा उपस्थिति रहने गरेको छ ।

स्थानीय समाजसेवी एवं त्रिवेणी युवा क्लबका सचिव ज्ञान श्रेष्ठले शनिबार हुन गइरहेको वृहत्त रक्तदान कार्यक्रममा सहभागी आह्वान गरेका छन् ।

 

क्याटेगोरी : समाचार
ट्याग : #अनामनगरमा वृहत्त रक्तदान कार्यक्रम, #त्रिवेणी युवा क्लब

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com