स्वास्थ्यमन्त्रीको न्यायिक कदमः नारायण ढकाललाई महानिर्देशक, प्रसूतिको निर्देशकमा अधिकारी


काठमाडौं । विगत तीन वर्षदेखि अन्यायमा परेका तत्कालीन औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले न्याय पाएका छन् । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले कुनै आर्थिक प्रलोभनबिना ढकालको विषयमा न्यायिक निर्णय गरेका छन् । स्रोतका अनुसार तीन वर्षपछि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री बस्नेतले औषधि व्यवस्था विभागको महानिर्देशकमा ढकाललाई ल्याएका छन् ।

ढकाल तीन वर्षसम्म एमाले र कांग्रेसबाट चरम अन्यायमा परेका थिए । यसैगरी परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको निर्देशकमा डा. श्री अधिकारीलाई नियुक्त गरिएको छ । स्वास्थ्यमा अस्पताल र विभागमा गरी करिब २० जनाको सरुवा भएको छ । स्वास्थ्य सेवा विभागको महानिर्देशक भने यथावत् राखिएको छ ।

राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. रुद्र मरासिनीलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र उनको स्थानमा डा. बद्री रिजाललाई ल्याइएको छ । डा. चुमनलाललाई स्वास्थ्य मन्त्रालय तानिएको छ ।

यता राष्ट्रिय तालिम केन्द्रमा  डा. अनुज भट्टचन लगिएको छ । तालिम केन्द्रका निर्देशक डा. यदुचन्द्र घिमिरेलाइ मन्त्रालय तानिएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #डा. बद्री रिजाल, #डा. रुद्र मरासिनी, #नारायण प्रसाद ढकाल, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com