स्वास्थ्य लाइभ प्रभाव

स्वास्थ्य भवन र मदन भण्डारी कलेजबीचको अनधिकृत संरचनामा महानगरको डोजर


काठमाडौं । प्रस्तावित स्वास्थ्य भवन र मदन भण्डारी मेमोरियल कलेजबीचको सरकारी जग्गामा व्यक्तिले बनाएको अनधिकृत संरचनामा काठमाडौं महानगरपालिकाले डोजर लगाएको छ ।

स्वास्थ्य लाइभले विनायक नगर मदन भण्डारी कलेजसँगैको जग्गा व्यक्तिले हडपेर भाडा खाइरहेको तथ्य सार्वजनिक गरेपछि महानगरपालिकाले डोजर लगाएको हो । काठमाडौं महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष रामकुमार केसीको निर्देशनमा नगर प्रहरीले अनधिकृत संरचनामा डोजर चलाएको हो ।

 

काठमाडौं महानगरपालिका वडा नम्बर १० सिट नम्बर १०२-११४६-०६ कित्ता नम्बर १६८ को क्षेत्रफल ५ आना ३ पैसा सरकारी जग्गामा चुन चुन कुमारीले संरचना बनाएर भाडा खाइरहेकी थिइन् । सरकारी जग्गा व्यक्ति विशेषको नाममा पुगेपछि उक्त क्षेत्रबाट निर्वाचित बागमती प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठ जग्गा संरक्षणमा लागेका थिए । दिपेन्द्रको अगुवाइमा भूमाफियाले खाइसकेको धोबीखोला बगरको जग्गा संरक्षण भएको हो ।

 

काठमाडौं महानगरपालिकाले चुन चुन कुमारी हडपेको सरकारी जग्गा संरक्षण गर्न डोजर लगाएको हो । प्रदेशसभा सदस्य श्रेष्ठ र वडाध्यक्ष केसीको संयुक्त प्रयासमा उक्त सरकारी जग्गा संरक्षण भएको हो । उक्त ठाउँमा पार्क बनाउने प्रस्ताव गरिएको छ ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : #दिपेन्द्र श्रेष्ठ, #मदन भण्डारी मेमोरियल कलेज, #वडाध्यक्ष रामकुमार केसी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com