स्वास्थ्य संस्थाको अनुगमनका लागि ललितपुर महानगर पनि तात्दै


काठमाडौं । निजी स्वास्थ संस्थाको बेथिति रोक्न ललितपुर महानगरपालिका पनि तातेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिपत्रपछि ललितपुर महानगरले स्वास्थ्य संस्थाको नियमित अनुगमन गर्न लागेको हो ।

काठमाडौं महानगरपालिकाले निजी स्वास्थ्य संस्थाको अनुगमनलाई तीव्रता दिहरहेका बेला ललितपुर महानगरपालिका पनि तातेको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरभित्रका स्वास्थ्य संस्थालाई व्यवस्थित गर्न लागिएको बताए । उनका अनुसार यसका लागि महानगरले नियमित रूपमा स्वास्थ्य संस्थाहरुको अनुगमन गर्न लागेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुल शय्याको १० प्रतिशत शय्या छुट्याएर लक्षित वर्गका बिरामी उपचार गर्न व्यवस्था मिलाउनेदेखि अस्पतालको पार्किङको विषयसम्मका अनुगमन गर्न स्थानीय तहलाई परिपत्र गरेको छ । यसैका आधारमा ललितपुर महानगरपालिका निजी स्वास्थ्य संस्थाको अनुगमन गर्ने तयारीमा जुटेको हो ।

स्वास्थ्य मन्त्रालयको परिपत्रपछि पनि काठमाडौं उपत्यकाका अधिकांश स्थानीय तहले स्वास्थ्य संस्थाको अनुगमन गर्न सकेका छैनन् । काठमाडौं महानगरपालिकाले भने दर्ताबिना सञ्चालनका रहेका २ वटा निजी संस्थामा ताला लगाइसकेको छ । काठमाडौं महानगरपालिका स्वास्थ्य संस्था सुधारमा लागेपछि त्यसको बाछिटा ललितपुरसम्म पुगेको देखिन्छ ।

यता काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले मापदण्ड अनुसार नचलेका महानगरपालिकाभित्रका संघ र प्रदेश मातहतका स्वास्थ्य संस्थालाई हस्तक्षेपकारी कानुनी कारबाही गर्ने चेतावनी दिएका छन् । स्वास्थ्य संस्थामाथि मेयर शाहको एक्सनले स्वास्थ्य क्षेत्रमा स्थानीय तहको भूमिका बढेको छ । स्थानीय तहले स्वास्थ्य क्षेत्रमा उदाहरणीय काम गर्ने रहेछ भन्ने स्थापित भएको छ । अन्य स्थानीय तहले पनि बालेनलाई फलो गर्न जरुरी देखिन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #मेयर चिरिबाबु महर्जन, #ललितपुर महानगरपालिका, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com