रामचन्द्र पौडेललाई राष्ट्रपति ‘फापेन’


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई राति नै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुर्‍याइएको छ । अहिले उनको मनमोहन कार्डियो थेरारिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको सीसीयू क्याबिनमा राखेर उपचार भइरहेको जनाइएको छ ।

अस्पतालले एक प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएको छ । राष्ट्रपति पौडेल ४ दिन अगाडि मात्र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारका लागि भर्ना भएका थिए । चिकित्सकको २४ घण्टे निगरानीमा राखेर डिस्चार्ज भएका उनलाई आज राति १२ बजे फेरि मुटुमा समस्या देखिएपछि शिक्षण अस्पताल पुर्‍याइएको हो ।

राष्ट्रपति पौडेल भारतको नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचार गराएर फर्किएको एक महिना पनि भएको छैन । त्योभन्दा अगाडि पनि उनी स्वास्थ्य उपचारका लागि पटकपटक अस्पताल भर्ना भएका छन् ।

गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित पौडेल शीतल निवास र अस्पतालमा बराबरी जस्तो बसेका छन् । राष्ट्रपति हुनुभन्दा पहिला खासै अस्पताल भर्ना नभएका पौडेल राष्ट्रपति भएपछि अस्पतालको बास बढी हुने लक्षण देखिएको छ । उनी राष्ट्रपति भएपछि लगातार बिरामी हुन थालेपछि धेरैले रामचन्द्रलाई राष्ट्रपति पद नफापेको हो की भन्ने टिप्पणी र चर्चा गर्न थालेका छन् ।

 

क्याटेगोरी : समाचार
ट्याग : ## बिरामी नेता, #मनमोहन कार्डियो थेरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर, #राष्ट्रपति रामचन्द्र पौडेल, #शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, #शिक्षण अस्पताल

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com