नगरवासीका लागि भोजपुर नगरपालिकाको विशेष एम्बुलेन्स सुविधा


काठमाडौं । भोजपुर नगरपालिकाले नगरवासीका लागि एम्बुलेन्स सुविधाको व्यवस्था गरेको छ ।

नगरपालिकाले जेष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको हो । गर्भवती तथा सुत्केरी महिलाका लागि धरानसम्म निःशुल्क एम्बुलेन्सको व्यवस्था रहेको नगरपालिकाले जनाएको छ । अन्यको हकमा भने पैसा लाग्ने छ ।

नगरपालिकाले नगरवासी जेष्ठ नागरिकलाई वडाबाट जिल्ला अस्पतालसम्म निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । त्यस्तै गर्भवती तथा सुत्केरी महिलाहरुलाई सम्बन्धित वडाबाट जिल्ला अस्पताल तथा जिल्ला अस्पतालबाट रेफर भएमा धरानसम्म निःशुल्क सेवा दिने भोजपुर नगरपालिकाको घोषणा  छ ।

क्याटेगोरी : समाचार
ट्याग : #भोजपुर नगरपालिका

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com