स्वास्थ्यकासहित दर्जनौं उच्च पदस्थ अख्तियारको अकुतमा


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवाकासाहित दर्जनौं उच्च पदस्थ कर्मचारीमाथि उकुत सम्पत्ति आर्जनमा छानबिन सुरु गरेको छ । अख्तियार उच्च स्रोतका अनुसार स्वास्थ्य मन्त्रालय अन्तर्गत उच्च पदस्थसाहित अन्य मन्त्रालयका दर्जनौंमाथि अकुत सम्पत्ति आर्जनमा छानबिन सुरु भएको हो ।

नेपाल सरकारका केही सचिव, सहसचिव, महानिर्देशकजस्ता महत्त्वपूर्ण निकायमा बसेका उच्च पदस्थमाथि अख्तियारले अकुतमा छानबिन सुरु गरेको उच्च स्रोतले स्वास्थ्य लाइभलाई बतायो । ‘विगतमा मालदार अड्डामा बसेर कुस्त कमाउने सरकारका सचिव र महत्त्वपूर्ण विभागमा रहेर हाइफाइको जीवनशैली अपनाउने महानिर्देशकको सम्पत्ति लेखाजोखा गर्ने काम भइरहेको छ’ अख्तियार उच्च स्रोतले स्वास्थ्य लाइभसँग भन्यो, ‘स्वास्थ्यमा पनि त्यस्तो प्रवृत्ति देखा परेको छ । अख्तियारको ध्यान अकुत सम्पत्ति आर्जनविरुद्ध गएकाले धेरै तानिने सम्भावना छ ।’,

अख्तियारले सुन तस्करीका नाइके दावा छिरिङसँग जोडिएका अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीदेखि राजस्व अनुसन्धान र भन्सार विभागका केही पूर्वमहानिर्देशकसम्मको अकुत सम्पत्ति छानबिन गर्न सुरु गरेको छ । दर्जनौं संख्यामा यस्ता उच्च पदस्थमाथि छानबिन भइरहेको अख्तियार उच्च स्रोतको दाबी छ ।

अख्तियार उच्च स्रोतका अनुसार अकुत सम्पत्ति छानबिनमा सरकारका धेरै उच्च अधिकारीहरू तानिने छन् । यसका लागि अख्तियारले विशेष तयारी गरिरहेको स्रोतको भनाइ छ ।

 

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : ## अख्तियार दुरुपयोग अनुसन्धान आयोग, #अकुत सम्पत्ति, #सरकारका उच्च पदस्थ कर्मचारी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com