खुकुरी प्रहारबाट घाइते भएका पूर्वमन्त्री यादव वीर अस्पतालको भीआईपी शय्यामा


काठमाडौं । खुकुरी प्रहारबाट घाइते भएका पूर्वमन्त्री महेन्द्र यादवलाई वीर अस्पतालको भाआईपी शय्या(क्याविन)मा सारिएको छ । उनको स्वास्थ्य अवस्था सुधारउन्मुख बन्दै गएकाले राष्ट्रिय ट्रमा सेन्टरबाट वीर अस्पतालको भीआईपी शय्यामा सारिएको हो ।

बुधबार रिपोर्टर्स क्लब भृकुटीमण्डबाट बाहिरे क्रममा नेपाली कांग्रेसका सहमहामन्त्री समेत रहेका यादवलाई राजावादी अभियन्ता श्याम सापकोटाले खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट उनको टाउँकाको पछाडि भाग र घाँटीमा चोट लागेको छ ।

घटना हुनासाथ सुरुमा वीरमा पुर्‍याइएका पूर्वमन्त्री यादवलाई पछि ट्रमा सेन्टर लगेर उपचारको व्यवस्था मिलाइएको थियो । आज फेरि वीरको भीआईपी शय्यामा राखेर उनको उपचार सुरु भएको छ । ट्रमा सेन्टरको आईसीयूमा राखेर उपचार गरिएको पूर्वमन्त्री यादवलाई वीरकै भीआईपी शय्यामा राखेर उपचार गर्न थालिएको हो ।

 

क्याटेगोरी : समाचार
ट्याग : #खुकुरी प्रहार, #पूर्वमन्त्री महेन्द्र यादव, #राष्ट्रिय ट्रमा सेन्टर, #वीर अस्पताल भीआईपी शय्या

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com