१० करोडमा ५ हजारका दरले २० हजार एचपिभी खोप खरिद गरेर ९ हजारलाई लगाउँदै सरकार


काठमाडौं ।  सरकारले १० करोड रुपैयाँमा २० हजार डोज एचपिभी खोप खरिद गरेर ९ हजार बालिकालाई लगाउने भएको छ । तर, खोपको सम्पूर्ण जिम्मा पाएको परिवार कल्याण महाशाखाले यसलाई लुकाएको छ । स्वास्थ्य लाइभले यस विषयमा अनुसन्धान गर्दा गत वर्ष नै एचपिभी खोप खरिदका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट बजेट बिनियोजन भएको थियो ।

गाभिले एचपिभी खोप अनुदानमा दिने बताइरहेका बेला सरकारले कमिसनको लोभमा खुसुक्क चीनसँग २० हजार डोज एचपिभी खोप खरिद गरेको थियो । परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाका एक अधिकारीले बताए अनुसार एउटा नयाँ सप्लायरसँग ५ हजारका दरले २० हजार एचपिभी खोप खारि गरिएको हो । तर, यो कुरा बाहिर नल्याउने भित्री सहमति अनुसार भएको हो ।

२७ भदौ देखि पाठेघर मुखको क्यान्सरविरुद्धको एचपिभी खोप सरकारले लगाइँदै छ । पहिलो चरणमा १४ वर्ष उमेर समूहका नौ हजार पाँच सय बालिकालाई लगाइने निर्णय सरकारले गरेको छ । यही विषयमा जानकारी दिन बिहीवार राजधानीमा एक कार्यक्रमको आयोजना समेत गरियो । करिब ५० जना पत्रकार भेला पारेर खोप तालिका मात्रै सार्वजनिक गरिएन, खोप “डेमो” मात्रै गर्न लागिएको दाबी गरियो ।

खोप शाखा प्रमुख डा अभियान गौतमले आफ्नो प्रस्तुतीको ३४ मिनेटमा १३ पटक समाचारमा “डेमो” मात्रै गर्न लागेको कुरा जोड्न अनुरोध गरिरहे । ऐतिहासिक काम गर्न लागेको सरकारलाई किन “डेमो” लेख्नु पर्यो रु यसको भित्री कथा अर्कै छ ।

गाभिले अनुदानमा दिने बताइसकेको छ । तर, गाभिले अनुदानमा खोप दिएपछि कर्मचारीको मुखमा माड लाग्दैन । त्यही भएर खुसुक्क १० करोडको खरिद भएको थियो । त्यो कुरा लुकाउन अहिले सरकारी अधिकारीहरू पत्रकार सामु खोपको “डेमो” मात्रै भएको बताउँदैछन् ।

अधिकारीहरूले बताए अनुसार गाभिले सरकारले खोप सुरु गरे अनुदानमा नदिने बताइसकेको छ । सरकारले लुकेर किनेको यथेष्ट प्रमाणहरू हामीले दिएका छौं, अब गाभिको घुर्की हो वा साँच्चै हो केही समय पछि थाहा नहुनेनै छ । खोप सुपरभाइजर भरत भण्डारी खोप किन्न आवश्यक नै नभएको बताउँछन् । ५ हजारका दरले खोप खरिद गरियो अझ अहिले पनि किन्न बजेट राख्ने कुरा हुदै थियो उनले भने, स्वास्थ्य सचिवले नमानेकाले रोकियो । अधिकारीहरूले भनेका छन् सरकारले कमिसनको लोभले खोप किनेर सुरु गर्यो अहिले नाटक गरिरहेको छ ।

सरकारी अधिकारीहरूले एक कार्यक्रममा बताए अनुसार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट आफैले खरिद गरेको खोप ‘डेमो’ का रूपमा सुरु गर्न लागिएको हो । यो भन्दा मजाक के होला । कमिसन भनेपछि कस्तो हेर्नु त १ विगतको कोरोना महामारीको समयमा १० लाख खोप ल्याएर आम नागरिकलाई आँखामा छारो हालेको जस्तो । १४ लाख बालिकालाई खोप लगाउनु छ, सरकारले कसैले थानपाउने गरी २० हजार खरिद गरेको छ ।

गाभिले सन् २०२४ मा खोप ल्याउने प्रक्रिया अघि बढेकाले १० देखि १४ वर्षसम्मका बालिकालाई खोप दिइने स्वास्थ्य सेवा विभागले जनाएको छ । तर, अब कमिसन पाउने नाममा आफू खुसुक्क किन्ने बाँकी गाभिको आस गर्ने भएपछि दिने नदिने यकिन छैन ।

खोप लगाउन तोकिएका अस्पताल

प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथली
कोशी अस्पताल, विराटनगर
नारायणी अस्पताल, वीरगन्ज
गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा
भेरी अस्पताल, नेपालगन्ज
कर्णाली प्रदेश अस्पताल, वीरेन्द्रनगर
डडेल्धुरा अस्पताल

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com