गैर आवासीय नेपालीको स्वास्थ्यमा पुऱ्याएको योगदान सराहनीय : राजदूत सुवेदी


टोकियो । जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले महामारीको समयमा नेपाल बाहिर रहेर पनि देश तथा विदेशमा रहेका नेपालीहरूमा पुऱ्याएको योगदान सराहनीय भएको बताए ।

जापानको टोकियो सहरमा भएको पाँचौ ग्लोबल नेपाली स्वास्थ्य सम्मेलनको उद्घाटन गर्दैन उनले एनआरएनए स्वास्थ्य समितिले गैर आवासीय नेपाली स्वास्थ्यकर्मी र अन्य नागरिकलाई पुर्याएको योगदान सँधै मानसपटलमा रहने बताए । 

तीन दिन सम्म सञ्चालन हुने स्वास्थ्य सम्मेलनमा विश्वभरबाट १ सय बढी चिकित्सक स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको छ । यस पटकको सम्मेलनमा महिलाको मानसिक तथा शारीरिक स्वास्थ्यमा बढी केन्द्रित भएर छलफल हुने आयोजकले जनाएको छ । 

राजदूत सुवेदीले विश्वभरबाट चर्चित स्वास्थ्यकर्मीहरूको जापानमा भएको सहभागिताले एउटा सकारात्मक सन्देश दिएको भन्दै खुसी व्यक्त गरे । त्यस्तै स्वास्थ्य कमिटीका अध्यक्ष डा सञ्जीव सापकोटाले राजदूत सुवेदीप्रति कृतज्ञता व्यक्ति गर्दै दुतावासले सम्मेलनलाई यथार्थमा परिणत गरेको बताए । उनले गैर आवासीय नेपालीहरूको स्वास्थ्य आफूहरूको चासो र चिन्ताको विषय भएको स्पष्ट पारे । 

नेपालीहरूको स्वास्थ्य एनआरएनए स्वास्थ्य कमिटीको दायित्व भित्र पर्ने सापकोटाको भनाई छ । सम्मेलनको उद्घाटनमा जापान तथा बाहिरबाट आएका चिकित्सक स्वास्थ्यकर्मीहरूले धारणा राखेका थिए ।

स्वास्थ्य समितिका सह अध्यक्ष डा सुनिल शाह, वैज्ञानिक समितिका अध्यक्ष डा लुसुन चालिसेएनआरएनए जापानका अध्यक्ष डा बद्री केसीले समापन मन्तव्य राखेका थिए । उनीहरूले सेवाको बिस्तारलाई बढावा दिनुपर्ने धारणा राखेका थिए । उनीहरूले गैर आवासीय नेपालीहरूको स्वास्थ्यको समस्यालाई ध्यानमा राखेर सन् २०१७ देखि निरन्तर विश्व स्वास्थ्य समितिले काम गर्दै आएको बताए ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com