एनआरएनए स्वास्थ्य कमिटीद्धारा टोकियो घोषणा पत्र जारी


टोकियो । गैरआवासीय नेपाली संघ ग्लोबल हेल्थ कमिटीले जापान टोकियो घोषणा पत्र जारी गर्दै तीन दिने सम्मेलन सम्पन्न गरेको छ । नेपाल बाहिर रहेका नेपाली नागरिकको मुख्य गरी शारीरिक र मानसिक स्वास्थ्यलाई लिएर २० बुँदे टोकियो घोषणा पत्र जारी गरिएको एनआरएनए ग्लोबल हेल्थ कमिटीका अध्यक्ष डा सञ्जीव सापकोटाले बताए ।

जापानको टोकियोमा सेप्टेम्बर १५ देखि १७ सम्म सम्मेलन चलेको थियो । उक्त सम्मेलनमा विश्वभरबाट १ सय बढी विज्ञ स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको थियो । प्रवासी नेपालीको स्वास्थ्यमा ध्यान दिदै उनिहरुको स्वास्थ्यलाई विश्वव्यापी पहुँचमा जोड्ने विषयमा घोषणा पत्र जारी भएको छ ।

घोषणा पत्रमा उल्लेख गरे अनुसार स्वास्थ्य विश्वव्यापी मानव अधिकारको रूपमा व्यक्ति, समुदाय, राज्य र राष्ट्रहरूको प्राथमिकतामा पर्ने छ । विश्वभरिका स्वास्थ्य सूचना र सेवाहरूको पहुँचमा कुनै पनि नेपाली पछाडि रहने छैन । नेपाली बसोबास गर्ने, अध्ययन गर्ने वा काम गर्ने देशका सरकारहरूलाई नेपाली आप्रवासीहरूका लागि आधारभूत विश्वव्यापी स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न आह्वान गर्ने । द्विपक्षीय र बहुपक्षीय एजेन्सीहरू, संस्थाहरू र संघहरूलाई प्रवासीहरूको स्वास्थ्य आवश्यकताहरूलाई पहिचान गर्न र सम्बोधन गर्न आग्रह गर्न ।

 यस्तो छ घाेषणा पत्र 

 

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com