बीमा मास्ने पक्षमा कांग्रेस, स्वास्थ्यमन्त्रीले गरे कार्यकारी निर्देशकलाई निलम्बन


काठमाडौं नेपाली कांग्रेसका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकलाई निलम्बन गरेका छन् । लामो समयदेखि रिक्त रहेको बीमा बोर्डको अध्यक्ष नियुक्त गर्नुको साट्टो बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई तीन महिनाका लागि निलम्बन गरेका हुन् ।

०८० असोज २४ गतेको पत्र बमोजिम निर्देशक डा. बसौलालाई तीन महिनाका लागि निलम्बन गरिएको पत्र स्वास्थ्य लाइभले पाएको छ । मन्त्रिपरिषद्लाई देखाएर सबै बदमासी बस्नेतले गरेको देखिएको छ ।

पत्रमा लेखिएको छ, तपाईंलाई कार्यकारी निर्देशकमा राख्दा प्रमाण नष्ट हुने, बीमालाई हानी पुग्ने भन्दै दफा २५ को उपदफा ४ बमोजिम ३ महिनाका लागि निलम्बन गरिएको छ । ०८० असोज २६ गतेको मन्त्रीस्तरीय निर्णय भएको छ ।

अर्को पत्र समेत थमाइएको छ । उक्त पत्रमा ७ दिनभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ । ७ दिनभित्र स्पष्टीकरण पेश गर्न तीन महिनाका लागि निलम्बन गरिएको पत्र स्वास्थ्य लाइभले पाएको छ ।

स्वास्थ्यको “स” समेत नबुझेका बस्नेतले स्वास्थ्य क्षेत्रलाई २० वर्ष पछाडि धकेलेका छन् । बोर्डका कार्यकारी निर्देशकलाई बर्खास्त गर्न स्वास्थ्य मन्त्रालयमा बसेर योजना बनाएका बस्नेतले विवादबाट उम्किन मन्त्रिपरिषद्सम्म फायल पुर्याएका छन् । डा. बसौला हटाउनुको एउटा मात्रै कारण हो, नियमविपरीत रकम भुक्तानी रोक्नु ।

स्वास्थ्य बीमा बोर्ड स्वायत्त निकाय भएकाले स्वास्थ्य मन्त्रालयले यसमा कुनै हस्तक्षेपकारी भूमिका निभाउन पाउँदैन । एउटा गतिमा अगाडि बढेको बीमा कार्यक्रम कुनै योजना र भिजन नभएका मन्त्री बस्नेतको हातमा जाँदा चितामा पुगेको छ ।

नेपाली कांग्रेसलाई बस्नेतले बदनामबाहेक केही गराएका छैनन् । प्रधानमन्त्री प्रचण्ड खुसी पार्ने र नेताहरुलाई धम्की दिएकै भरमा लामो समय मन्त्री पड्काउने दाउमा देखिएका बस्नेतलाई स्वास्थ्य ध्वस्त हुँदा समेत कांग्रेसले एक्सन लिन सकेको छैन ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरु भन्छन्, ‘अहिले मन्त्रालयमा मन्त्री खुसी पार्ने कामबाहेक केही उपलब्धि भएको छैन । नीतिगत कामहरु ठप्प भएका छन् ।’, देशभरका स्वास्थ्यका उच्च अधिकारीहरुले स्वास्थ्य लाइभलाई बताए अनुसार कर्मचारीहरु मन्त्रीको व्यवहारले मानसिक रुपमा विक्षिप्त भएका छन् ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com