नेपालमै पहिलोपटक कलेजो र मृगौलाको एकसाथ प्रत्यारोपण गरेको बिरामी डिस्चार्जको तयारी


काठमाडौं । नेपालमै पहिलोपटक कलेजो र मृगौलाको एकसाथ प्रत्यारोपण गरेको बिरामी डिस्चार्ज गर्ने भएको छ । किष्ट मेडिकल कलेजले आईतबार साढे १२ बजे पत्रकार सम्मेलन गरेर बिरामी ड डिस्चार्ज गर्न लागेको हो ।

किष्ट अस्पतालले कलेजो र मृगौला दुबै अंगहरूमा देखिएको अति दुर्लभ र जटिल समस्याबाट पीडित बिरामीको नेपालमै पहिलोपटक एकसाथ दुबै अंगहरूको सफत प्रत्यारोपण गरेको दाबी गरेको छ । आज पत्रकार सम्मेलनमार्फत विस्तृत जानकारी दिने किष्ट मेडिकल कलेज एवं शिक्षण अस्पतालले जनाएको छ । यसका लागि किष्ट अस्पताल, ब्लक-ए, अडिटोरियममा पत्रकार सम्मेलन राखिएको हो ।

बिरामीको स्वास्थ्य अवस्था सामान्य बनेकाले उक्त बिरामीको डिस्चार्ज गर्न लागिएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ