पूर्वस्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बनाइदिएको महादेवको मूर्ति भोजपुर नगरपालिकाले संरक्षण गर्न सकेन


भोजपुर । नेपाल सरकारका पूर्वस्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बनाइदिएको २० फिट अग्लो महादेवको मूर्ति भोजपुर नगरपालिकाले संरक्षण गर्न नसकेको पाइएको छ ।

पूर्वस्वास्थ्य राज्यमन्त्री श्रेष्ठले आफ्नो पितृहरुको आत्मको चिरशान्ति र सनातन धर्म तथा संस्कृतिको संरक्षण र संवर्द्धनका लागि जन्मस्थल भोजपुरमा स्थापना गरेको महादेवको मूर्ति नगरपालिकाबाट उचित संरक्षण भएको देखिँदैन ।

भोजपुर नगरपालिका वडा नम्बर ९ कैलाश डाँडामा प्राणप्रतिष्ठा गरिएको उक्त १० फिट अग्लो देवादिदेव महादेवको मूर्ति उचित संरक्षणको पर्खाइमा देखिन्छ ।  मूर्तिको वरिपरि लगाइएको बार (रेलिङ)का डण्डीहरु भाँचेर लगेको पाइएको छ । रेलिङको तल्लो भागमा रहेको तेर्सो डण्डी खुस्काएर लगिएको छ भने ठाडो डण्डीको कभर पनि गायब बनाइएको छ ।

पूर्वस्वास्थ्य राज्यमन्त्री श्रेष्ठले देवादिदेव महादेवको १० फिट अग्लो मूर्ति प्राणप्रतिष्ठा गरी उक्त संरचना भोजपुर नगरपालिकालाई हस्तान्तरण गरेका थिए । तर, भोजपुर नगरपालिकाले आफ्नो सम्पत्ति ठानेर उचित संरक्षण र संवर्द्धन नगर्दा रेलिङ भाँचिने अवस्था आएको देखिन्छ ।

भोजपुर नगरपालिकाको धार्मिक पार्कसँगै रहेको कैलाश डाँडाको १० फिट अग्लो महादेवको मूर्ति पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सक्ने प्रशस्तै आधार छन् । तर, उक्त ठाउँमा अश्लिल क्रियाकलाप समेत हुन थालेको छ ।

भोजपुर ७ मा जन्मिएका शिक्षासेवी पूर्वस्वास्थ्य राज्यमन्त्री श्रेष्ठले बाजे स्व. रणबहादुर श्रेष्ठ, पिता स्व. बद्रीप्रसाद श्रेष्ठको स्मृतिमा उक्त १० फिट अग्लो महादेवको मूर्ति बनाइदिएका हुन् ।

 

 

क्याटेगोरी : समाचार
ट्याग : #१० फिट अग्लो महादेवको मूर्ति कैलाश डाँडा भोजपुर, #पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोल, #भोजपुर नगरपालिका, #रेलिङ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com