उत्तर कोरिया र नेपालको मात्रै मत पाए आचार्यले


काठमाडौं ।   विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिणपूर्वी एसिया निर्देशकमा नेपाल पराजित भएको छ । नेपालका उमेदवार शम्भु आचार्यले लज्जास्पद हार व्यहोरेका छन् । उनले १० मत मध्ये २ मत मात्रै पाएका छन् । मतदानमा सहभागी एक अधिकारीले दिएको जानकारी अनुसार आचार्यले नेपाल र उत्तर कोरियाको मात्रै मत पाएका हुन् । 

मतदानको केही समय अगाडि सम्म पनि अन्य देशका सहभागीले नेपालका आचार्यलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । तर, अन्तिम समयमा उत्तर कोरिया र नेपाल बाहेकका राष्ट्रको गोप्य छलफल भएको अधिकारीहरूले बताए । उक्त छलफल पछि नेपालका आचार्यको पक्षमा मत नदिने निर्णयमा आठ राष्ट्र पुगेका हुन् । 

विश्व स्वास्थ्य संगठन अत्यन्तै राजनीति भएको सन्था हो । राजनीति आस्था बाहिरको व्यक्ति जिम्मेवारीमा बसेर काम गर्न सक्दैन । यस विषयमा स्वास्थ्य लाइभले धेरै विषय उजागर गर्दै आएको छ । नेपालमा काम गर्दै आएको सङ्गठनले पनि आवश्यक भन्दा बढी हस्तक्षेपकारी भूमिका निर्वाह गर्दै आएको छ । यसलाई रोक्ने तागत कसैमा छैन । आचार्यले हार्नुको पछाडि उनको केही घमण्डी पन भएपनि राजनीतिक प्रभाव बढी हो । 

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिणपूर्वी एसिया निर्देशकमा बङ्गलादेशकी सैमा वाजिद निर्वाचित भएकी छिन् । सबैसँगको राम्रो सम्बन्ध र प्रष्ट बिचारका कारणले पनि उनले बाजी मारेकी छन् । भारतको नयाँदिल्लीमा भएको क्षेत्रीय सभा अन्तर्गत बुधबार सम्पन्न निर्वाचनमा म्यानमार बाहेक १० देशका प्रतिनिधि सहभागी भएका थिए।  डब्ल्यूएचओको दक्षिणपूर्वी एसिया क्षेत्रमा नेपाल, भारत, भुटान, बंगलादेश, उत्तर कोरिया, इन्डोनेसिया, मालदिभ्स, म्यानमार, श्रीलंका, थाइल्याण्ड र टिमोर लिस्टे गरी ११ देश सदस्य छन् । 

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com