गगनसहित ६ पूर्वस्वास्थ्यमन्त्रीको पिएसओ खोसियो


काठमाडौं । प्रहरी प्रधान कार्यालयले गगनकुमार थापासहित ६ पूर्वस्वास्थ्यमन्त्रीको सुरक्षाकर्मी (पिएसओ) खोसेको छ । मापदण्डविपरीत पिएसओ लिने ५ पूर्वस्वास्थ्यमन्त्री र १ राज्यमन्त्री पिएसओ खोसिनेमा परेका छन् ।

गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालयले मापदण्डविपरीत पिएसओ सुविधा लिने गगनसहित ६ जना पूर्वस्वास्थ्यमन्त्रीको पिएसओ खोसेको हो ।

पिएसओ खोसिनेमा पूर्वस्वास्थ्यमन्त्रीहरु गगनकुमार थापा, उपेन्द्र यादव, गिरिराजमणि पोखरेल, हृदेश त्रिपाठी, राजेन्द्र महतो र पूर्वस्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्याल रहेका छन् । पिएसओ खोसिनेमा पूर्वउपप्रधानमन्त्री समेत रहेका यादवसहित सुजात कोइराला, ईश्वर पोखरेल, रघुवीर महासेठलगायत पनि परेका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार, पूर्व उपप्रधानमन्त्री, पूर्व स्वास्थ्यमन्त्री र मन्त्रीसहित करिब ४ दर्जन भीआईपीको मापण्डविपरीत लिएको पिएसओ फिर्ता बोलाइएको हो । सुशासनका ठूल्ठूला गफ दिनेहरुले नियमविपरीत राज्य स्रोतको दोहन गरेको पिएसओ काण्डले उजागर गरेको छ । कानुनविपरीत राज्यकोषको दोहन गर्ने भीआईपीहरूको मकुण्डो गृह प्रशासनले उतारिदिएको हो ।

 

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : #उपेन्द्र यादव, #गिरिराजमणि पोखरेल, #पिएसओ खोसियो, #पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोल, #पूर्वस्वास्थ्यमन्त्रीहरु गगनकुमार थापा, #राजेन्द्र महतो, #हृदेश त्रिपाठी

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com