दिपेन्द्रको पहलमा प्रसूति गृहमा एनेस्थेसिया उपकरण र एम्बुलेन्स


काठमाडौं । थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह)ले ५० लाख रुपैयाँ बराबरको एनेस्थेसिया उपकरण र एम्बुलेन्स पाउने भएको छ । काठमाडौं क्षेत्र नम्बर १ (१) बाट बागमती प्रदेश सभा सदस्य दिपेन्द्र श्रेष्ठको पहलमा प्रसूति गृहले एनेस्थेसिया उपकरण र एम्बुलेन्स पाउने भएको हो ।

सांसद श्रेष्ठले हालेको ५० लाख रुपैयाँ बजेटमध्ये ३० लाखको मनिटरसहितको एनेस्थेसिया मेसिन खरिद गरिसकेको छ । बाँकी २० लाख रुपैयाँको एम्बुलेन्स खरिदका लागि टेण्डर प्रक्रियामा अन्तिम चरणमा रहेको सांसद श्रेष्ठले जानकारी दिए ।

‘प्रसूति गृहको आग्रह बमोजिम आवश्यकता र समस्या हेरेर प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको हो’ एनेस्थेसिया मेसिन आइसकेको छ । अब एम्बुलेन्स खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।’, सांसद श्रेष्ठले स्वास्थ्य लाइभसँग भने ।

सांसद श्रेष्ठले प्रसूति गृहका निर्देशक डा. श्रीप्रसाद अधिकारीलाई भेटेर आवश्यक उपकरण खरिदको अवस्था जानकारी लिएका छन् । खरिद प्रक्रियाको पारदर्शिता, मेसिनको गुणस्तर, प्रतिस्पर्धा र खरिद प्रक्रियाको मितव्ययिताको विषयमा समेत उनले सम्बन्धित अधिकारीलाई भेटेर चासो राखेका हुन् । एम्बुलेन्स खरिद प्रक्रिया पूरा भएसँगै संयुक्त रूपमा प्रकाशमान सिंहको हातबाट प्रसूति गृहलाई हस्तान्तरण गरिने उनले बताए ।

सांसद श्रेष्ठले ठूलो रकम टेन्डरमा पठाउने र सानो रकम समुदायलाई जिम्मेवार बनाएर पारदर्शी  तरिकाले खर्च गर्दै आएका छन् । उनले विकास निर्माणको काममा गुणस्तरको समेत उचित अनुगमन गर्दै आएका छन् । सांसद श्रेष्ठ मार्फत आएको बजेटमा अनियमितता भएको पुष्टि हुने गरी बदमासी गरेको भेटिए सम्बन्धित निकायलाई गुहार्ने काम गर्छन् ।

क्याटेगोरी : समाचार
ट्याग : ## एम्बुलेन्स, #डा. श्रीप्रसाद अधिकारी निर्देशक प्रसूति गृह, #दिपेन्द्र श्रेष्ठ प्रदेश सांसद

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com