वीर अस्पतालमा अत्याधुनिक टाेमाेथेरापी मेसिनले सेकेकाे १ लाख ५० हजार


काठमाडौं । वीर अस्पतालले नेपालमै पहिलाे पटक क्यान्सर बिरामीको उपचारमा आवश्यक पर्ने अत्याधुनिक टाेमाेथेरापी मेेसिन संचालनमा ल्याएको छ । हालै जडान गरेकाे उक्त मेसिनबाट ७ जनाले निशुल्क सेवा पाएका छन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका उपकुलपती प्राध्यापक डाक्टर भुपेन्द्र कुमार बस्नेतले नेपालका लागि टाेमाेथेरापी मेसिन उदाहरणिय भएको बताए । सेवा सुरु भएपनि यसकाे शुल्ककाे विषयमा निर्णय भएको छैन ।

वीर अस्पतालमा उपचार सेवा लिनका लागि आउने ८० प्रतिशत बिरामी गिरब तथा विपन्न वर्गका छन् । धनिकाे भन्दा पनि गरिब परिवारको आर्थिक अवस्थालाई लिएर हेरेर सेवाशुल्क निर्धारण गर्नु पर्ने अवस्था रहेकाे छ ।

टाेमाेथेरापी भन्दा एक कदम कम गुणस्तरकाे उपकरणबाट घाउ सेक्दा निजीमा ३ लाख रुपैयाँ तिर्नु पर्छ । भारतमा टाेमाेथेरापी मेसिनबाट सेवा लिँदा ८ लाख नेपाली रुपैयाँ तिर्नु पर्छ । तर, वीर आफैमा गरिबकाे उपचार गर्ने अस्पताल भएकाले १ लाख ५० हजार रुपैयाँ ताेक्ने तयारी भएकाे छ ।

“पैसा हुने हरुले ६ हप्ता सेकेकाे १ लाख ५० हजार तिर्नु पर्छ, उपकुलपति बस्नेतले भने, “पैसा नभएका गरिब बिरामीको भने निशुल्क उपचार हुने छ ।”

२५ वर्ष पुरानो ‘कोबाल्ट–६०’ मेसिन बिग्रिएर सात वर्षदेखि रेडियोथेरापी अवरुद्ध हुँदा वीर अस्पतालमा आउने विपन्न बिरामी मर्कामा छन्  । ०७४ मा अत्याधुनिक टोमोथेरापी ल्याए पनि जडान नै नगरी सशस्त्र प्रहरीको बलम्बु अस्पतालको चौरमा राख्दा कन्टेनर चुहिएर मेसिन बिग्रिएको थियाे । अहिले कम्पनीले पुन नयाँ पठाएको छ ।

वीरमा २५ वर्षअघि ल्याइएको ‘कोबाल्ट–६०’ मेसिन बिग्रिएपछि ०७२ देखि  रेडियोथेरापी पूर्ण रूपमा अवरुद्ध भएको हो । विपन्न बिरामीलाई अत्याधुनिक उपकरणबाट गुणस्तरीय सेवा दिने भनेर ०७४ मा ४७ करोड खर्च गरेर टोमोथेरापी मेसिन खरिद गरिएको थियो ।
वीर अस्पतालले ०७४ सालमा लाइफलाइन ट्रेड इन्टरनेसनल प्रालिसँग मेसिन किनेको थियो । एकुरे मेडिकल अमेरिकाबाट उत्पादन भएको सो मेसिन ४० करोड ३३ लाख ३८ हजार चार सय रुपैयाँमा भ्याटबाहेक खरिद सम्झौता भएको थियो । त्यस्तै, कम्पनीले सार्वजनिक निर्माणका लागि भन्दै थप ६ करोड ६६ लाख ६६ हजार चार सय ३० रुपैयाँ गरी ४७ करोड लिएको छ ।

नेपालमा बर्सेनि करिब ३० हजार क्यान्सरका नयाँ बिरामी, वीरमा आउने गरेका छन् । यसमा तीन हजार बिरामीले रेडियोथेरापी सेवा पाउनु पर्नमा पाउँदैनन् ।

वीर अस्पतालका अनुसार प्रत्येक वर्ष क्यान्सरका तीन हजारभन्दा बढी बिरामी अस्पतालमा आउँछन् । उपचार गर्न आउने सबैजसो गरिब तथा विपन्न नागरिक हुन् ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com