विनोद चौधरीले श्रद्धाञ्जली दिएका अभिनेता साजिद खान जीवितै


काठमाडौं । नेपालका चर्चित उद्योगपति एवं सांसद विनोद चौधरीले श्रद्धाञ्जली दिएका बलिउड अभिनेता साजिद खान जीवितै रहेको पुष्टि भएको छ । सांसद चौधरीले समाजिक सञ्जाल फेसबुकमार्फत मृत्यु भएको भनेर श्रद्धाञ्जली दिएका अभिनेता एवं निर्देशक खान जीवितै रहेको पुष्टि भएको हो ।

खानले इन्स्टाग्राममार्फत आफू जीवितै रहेको तथ्य र भिडिओ सार्वजनिक गरेका छन् । यो समाचार तयार पार्दासम्म श्रद्धाञ्जली दिने सांसद चौधरीले भने माफी मागेका छैनन् । मृत्यु जस्तो संवेदनशील विषयमा सांसद चौधरीले गलत प्रचार गरेको यो घटनाले पुष्टि हुन्छ ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ