डा राकेश साहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन


बंगलादेश । सोसाइटी अफ नेप्लिज डक्टर्स अफ बंगलादेशमामा नयाँ कार्यसमिति चयन भएको छ। कोलेरेक्ट्रल सर्जन डा राकेश साहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। सन् २०२४-२०२५ का लागि नयाँ कार्यसमिति चयन भएको हो।

कार्यसमितिको उपाध्यक्ष तथा प्रदेश संयोजकहरुमा क्रमश डा राजेन्द्र चौधरी (कोशी), डा अमरेश कर्ण (मधेश), डा नरेन्द्र शालिके (बागमती), डा कथित राज घिमिरे (गण्डकी), डा नारायण दुलाल (लुम्बिनी), डा खिम केसी (कर्णाली) र डा पवन कुमरा साह (सुदूरपश्चिम) चयन भएका छन्।

यस्तै, महासचिवमा रितेश घिमिरे, सचिवमा डा नेहाल अश्रफ, सहसचिवमा डा पिंकी साह, कोषाध्यक्षमा डा अमृता श्रेष्ठ र सहकोषाध्यक्षमा डा अभिषेक राज चयन भएका छन्।

यसैगरी, सदस्यहमा डा शिरिष शिलवाल, डा मयंक आचार्य, डा अभिषेक तिवारी, डा मनु भट्टराई, डा अंकिता पालिखे, डा मनिष गुरमैता, डा प्रज्वल गौचन, डा सरिता गुरुङ र डा मिलन सुवेदी चयन भएका छन्।

कार्यसमितिको एक्सटर्नल अफेयर्स कोअर्डिनेटरमा डा राजेश साह र एडिटर इन चिफमा डा दिपक कुमार यादव चयन भएका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ