ओम्नी काण्डमा अनुसन्धान गर्न चौतर्फी दबाब


काठमाडौं । कोरोनाकालमा मेडिकल सामग्री खरिद घोटालासँग ओम्नी काण्डको छानबिन गर्न अख्तियारलाई चौतर्फी दबाब परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पगेको ओम्नी काण्डको छानबिन गर्न अहिले चौतर्फी दबाब परेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेदेखि, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलगायतका सांसहरुले ओम्नी काण्डमा छानबिन गर्न दबाब सुरु गरेका छन् । सामाजिक सञ्जालमार्फत उनीहरूले ओम्नी काण्डमा चासो दिन थालेका हुन् ।

तात्कालीन उपप्रधानमन्त्री इश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाललगायत उच्च पदस्थ जोडिएको ओम्नी काण्ड अहिले अख्तियारमा पुगेको छ । संसदको सार्वजनिक लेखा समितिले समेत अनियमितता औंल्याएको ओम्नी काण्ड कुनै बेला बहुचर्चित काण्ड थियो । लेखा समितिले अनियमितता ठहर गर्दै अख्तियारलाई छानबिन गर्न निर्देशन दिएको थियो । अहिले उक्त काण्डमा के भइरहेको छ भनेर चौतर्फी दबाब सुरु भएको हो ।

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत जोडिएको टेरामक्स काण्डमा छानबिन प्रक्रियालाई अन्तिम चरणमा पुर्‍याउन लागेको अख्तियारलाई ओम्नी काण्ड छानबिनका लागि दबाब परेको छ । ओम्नी काण्डलाई पनि अख्तियारले टेरामक्स काण्डमा जस्तै तीब्र गतिमा छानबिन गरोस् भन्ने आम चाहना देखिन्छ । यो काण्डलाई निष्कर्षमा पुर्‍याउन अख्तियारलाई दबाब परेको हो ।

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : #ओम्नी काण्ड

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com