अर्थमन्त्रीको निर्देशनमा वीर अस्पताललाई खाना-खाजा खुवाउन साढे ४ करोड निकासा


काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतको निर्देशनमा वीर अस्पतालका बिरामीलाई खाजा-खाजा खुवाउन र अक्सिजन सेवा सुचारु गर्न साढे ४ करोड निकासा भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बदमासीले काटिएको अत्यावश्यक बजेट अर्थ मन्त्रालयले निकासा गरेको हो ।

स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको सन्कीपनले वीर अस्पतालको बजेट कटौती हुँदा वीर अस्पतालका बिरामीलाई खाजा-खाना खुवाउन समस्या परेको थियो । बजेट नहुँदा अस्पतालमा अक्सिजन सेवा पनि ठप्प हुने अवस्थामा पुगेको थियो । यस्तो अवस्थामा आएपछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समेत चासो देखाएको थियो । देउवाको चासोसँगै अर्थ मन्त्रालयले वीर अस्पताललाई बिरामीका लागि खाजा-खाजा खुवाउन, अक्सिजन तथा औषधि खरिद गर्न साढे ४ करोड बजेट निकासा गरेको हो ।

अर्थमन्त्री महत र अर्थ मन्त्रालयका बजेट तथा कार्यक्रम महाशाखा प्रमुख उत्तरकुमार खत्रीको पहलमा वीर अस्पतालले आवश्यक बजेट पाएको हो । वीर अस्पतालमा स्थापनाकालदेखि नै खुवाउँदै आएको खाना-खाजा बन्द हुने अवस्थामा आएपछि अर्थ मन्त्रालयले गम्भिरतापूर्वक लिएर आवश्यक बजेट निकासा गरेको छ । योसँगै वीर अस्पतालमा खाना-खाजा र अक्सिजन सेवा निरन्तर रुपमा अगाडि बढ्ने भएको हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ