लक्ष्मण अर्यालको बाटोमा स्वास्थ्यका कर्मचारी 


काठमाडौं । कोरोना भाइरस कोभिड – १९ संक्रमण सुरु हुँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बाघडोर पूर्व सचिव लक्ष्मण अर्यालले सम्हालेका थिए । आफू हिरो बन्न उनले महामारीको समयमा समेत सूचना लुकाएका थिए । यता कर्मचारीले नागरिकको स्वास्थ्यलाई बढी ध्यान दिने भन्दा पनि अर्याललाई खुसी बनाउन लागि परे । 

कोरोनाले भटाभट मान्छे मर्न थाल्दा समेत आपराधिक मानसिकताले अर्याल र कर्मचारी सूचना लुकाएरै बसे । अहिले फेरी स्वास्थ्यका कर्मचारी त्यही प्रवृत्ति देखाउन थालेका छन् । गुण्डा प्रवृत्तिका मन्त्री खुसी बनाउन कर्मचारीले सूचना लुकाएको अधिकारीहरू बताउँछन् । 

२३ पुसमा भारतबाट आएका एक दर्जन नागरिकमा कोरोनाको नयाँ भेरियन्ट जे एन १ पुष्टि भएको छ । स्वास्थ्य लाइभले उक्त सूचना सार्वजनिक गरेपछि लुकाएर बसेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बाहिर ल्याउन बाध्य भएको छ । 

विगतमा लक्ष्मण अर्यालले केस लुकाउँदा गाउँभर महामारी फैलिएको थियो । समयमा सूचना बाहिर ल्याउँदा नागरिक सुरक्षित हुन पाउँछन् । तर, अहिले विगतमा जस्तै केही स्वास्थ्यका कर्मचारीले आपराधिक मानसिकता बोकेर सूचना लुकाइरहेका छन् । यसको ठुलो मूल्य ति कर्मचारीले चुकाउनु पर्ने छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ