स्वास्थ्य लाइभले सार्वजनिक गरेको टेरामक्स घोटालाका  आरोपित खनालद्वारा राजीनामा, बस्नेत अझै भ्रष्टाचारमै लिप्त


काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँगै टेरामक्स घोटालामा मुछिएका नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)का अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । तर, स्वास्थ्यमन्त्री बस्नेत राजीनामा दिनुको साटो स्वास्थ्य सामग्री खरिदमा सेटिङ मिलाउनमा व्यस्त छन् । 

खनालले नैतिकताका आधारमा राजीनामा दिए यता बस्नेतले भने, दुई दिन अगाडि मात्रै समयमा कमिसन उपलब्ध गराउने अवस्था नदेखेपछि व्यवस्थापन महाशाखाका निर्देशक परिवर्तन गरे । स्वास्थ्य लाइभले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँगै टेरामक्स घोटालामा उच्च अधिकारी मुछिएको विषय बाहिर ल्याएको थियो । 

टेरामक्स घोटालामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत छानबिन गरिरहेका बेला खनालले एक्कासि राजीनामा दिएका छन् । स्वास्थ्यमन्त्री बस्नेत भने शक्ति र सत्ताको दुरुपयोग गरी जोगिने आशमा अझै भ्रष्टाचारमा लागिरहेका छन् । पछिल्लो समय १ अरब २५ करोडको खरिदमा ¥याल काड्दै कर्मचारी सरुवा हान्दै बसिरहेका छन् । 

तत्कालीन सञ्चारमन्त्री रहेका हालका स्वास्थ्यमन्त्री बस्नेत, मुख्यसचिव वैकुण्ठप्रसाद अर्याल, सामान्य प्रशासन सचिव विनोदप्रकाश सिंहसमेत खनाल पनि टेरामक्स काण्डमा मुछिएका थिए । टेरामक्स खरिदमा भ्रष्टाचार भएको सांसदको सार्वजनिक लेखा समितिले निष्कर्ष निकालिसकेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ