आफ्नाे सुरक्षाका लागि स्वास्थ्यकर्मीले अनलाइन फारम भर्नुपर्ने


काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी नियमावली, २०६९ को नियम १७ ले दिएको अधिकार प्रयोग गरी सो नियमावलीको अनुसूची-५ र अनुसूची-६ को सट्टा अनुसूची-५ र अनुसूची-६ राखी हेरफेर गरेकाे छ । याे सँगै मन्त्रालयले स्वास्थ्यकर्मीलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ दफा ७. नियमावलीको नियम ७ बमोजिमका अनुसूचिहरु Google link मार्फत भरि दर्ता हुन आव्हान गरेकाे छ ।

मन्त्राालयले भनेकाे छ, “स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी नियमावली, २०६९ को अनुसूची ५ र ६ संशोधन भई राजपत्रमा प्रकाशन भईसकेको जानकारी गराउँदै सम्पूर्ण स्वास्थ्यकर्मी तथा स्वास्थ संस्थाहरुलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ दफा ७. नियमावलीको नियम ७ बमोजिमका अनुसूचिहरु Google link मार्फत भरि दर्ता हुन आव्हान गरिन्छ ।”

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ