हरिनगरका लेखापाल मेहता जबर्जस्ती करणीमा पक्राउ


काठमाडौं । सुनसरीको हरिनगर गाउँपालिमा कार्यरत लेखापाल रञ्जितकुमार मेहता जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन । इनरुवा नगरपालिका १ नम्बर वडामा स्थायी बसोबास भएका मेहताले हरिनगरकी एक युवतीलाई इटहरी उपमहानगरपालिकामा रहेको एक होटलमा लगेर जबरजस्ती गरेपछि पीडित युवतीको जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा राखी प्रहरीले मेहता विरुद्धको जबरजस्ती करणी मुद्धाको अनुसन्धान गरिरहेको छ । पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय इटहरीले जबरजस्ती करणी मुद्दामा जिल्ला सरकारी वकिलको कार्यालय सुनसरीमार्फत सुनसरी जिल्ला अदालतबाट दुईपटक म्याद थप गरि पुनः तेस्रो पटक म्याद थपका लागि आइतबार अदालत समक्ष ल्याएको छ ।

प्रहरी स्रोतका अनुसार मेहताले पीडित युवतीलाई ललाई फकाई इटहरी ल्याएर एक होटलको कोठामा राखी पटक–पटक बलात्कार गरेको उजुरी परेपछि उनी पक्राउ गर्न प्रहरी टोलीले खोजी गरिरहँदा उनी प्रहरीबाट लुक्दै आएका थिए । प्रहरीले २ हप्ता अगाडि मेहतालाई इनरुवाबाट नियन्त्रणमा लिएको थियो । राजनीतिक शक्तिका आडमा अझै पनि मुद्दा कमजोर पार्ने प्रयास रहेको पीडित पक्षको आरोप छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ