स्वास्थ्यमन्त्रीद्वारा  ‘सीसीएम’ अपहरण, क्यानले गऱ्यो जीवन बचाउन आह्वान


काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेका सन्की व्यक्ति मोहन बस्नेतले ग्लोबल फन्ड हेर्ने नेपालस्थित संयन्त्र कन्ट्रि कोअर्डिनेटिङ मेकानिजम (सीसीएम) अपहरण गरेको क्यानले जनाएको छ । बस्नेत मन्त्री भए यता निरन्तर ग्लोबल फन्ड र उक्त क्षेत्रमा काम गर्ने समुदायमाथि गिद्धे नजरले प्रस्तुत हुँदै आएका छन् । 

मन्त्री बस्नेतले ग्लोबल फन्ड हेर्ने नेपालस्थित संयन्त्र कन्ट्रि कोअर्डिनेटिङ मेकानिजम अपहरण गरेपछि एचआइभीमा काम गर्ने जोखिम तथा प्रभावित समुहहरूको राष्ट्रिय महासंघहरुको सञ्जाल (क्यान) र ब्लु डाइमन साेसाइटीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा विरोध प्रदर्शन गरेको छ । दुई सय बढी जोखिम तथा प्रभावित समुहहरूको उपस्थितिले मन्त्रालय घेराउ गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ फेब्रुअरीमा पीआरका लागि प्रोपोजल पठाउने भन्दै सीसीएम सदस्यहरूलाई बैठकमा बोलाएको थियो । महत्वपूर्ण बैठक भएपनि बिना तयारी र कुनै एजेण्डा नराखी बैठक बोलाए पछि जोखिम तथा प्रभावित समुहले आपत्ति जनाएको छ । 

एक विज्ञप्ति जारी गर्दै क्यानले भनेको छ, “वर्तमान सीसीएम अपहरण र स्वास्थ्य मन्त्रीको प्रत्यक्ष हस्तक्षेपले नेपालमा सीसीएमको नेतृत्व गर्ने सबै चुनौतीहरू असफल भएको छ । अब नेपालमा सीसीएम छैन जस्तो लागेको छ ।” उनिहरुले सीसीएम सदस्यसँग परामर्श नगरी बैठक बोलाएर एजेन्डा तय गरिएको विषय प्रति गम्भिर ध्यानाकर्षण भएको बताए । कार्यक्रम व्यवस्थापन संरचना सुनिश्चित नगरी (PR, सामाजिक अनुबन्धTAX, VAT  आदि ) छलफल र निर्णयको लागि ग्लोबल फन्डमा पीआर स्वीकृत हुँदैन

चार वर्षका लागि ग्लोबल फन्डले ६ अरब बढी रकम अनुदानमा दिदैँछ । तर, पीआर बन्ने नाममा मन्त्रीले गर्भमै अपहरण गर्न लागेपछि  जोखिम समुदाय र नागरिक समाजका प्रतिनिधिहरूले समुदायको हितसँग मिल्ने निर्णयहरूलाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । समुदाय र तिनीहरूको जीवन बचाउने कार्यक्रमहरूप्रति जवाफदेहिताको लागि आह्वानमा जोड दिइएका छन् । 

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com