विराटले खाेल्यो देशकै सुबिधा सम्पन्न क्यान्सर अस्पताल, क्यान्सरकाे उपचार गराउन देश बाहिर जानू नपर्ने


विराटनगर । विराटनगर स्थित विराट मेडिकल कलेज शिक्षण अस्पतालले चार अर्ब लगानीमा अत्याधुनिक क्यान्सर अस्पताल संचालनमा ल्याएको छ ।

उक्त अस्पताल सञ्चालन सँगै क्यान्सर राेग भएका बिरामीको उपचार अब विशेषज्ञ चिकित्सक र अत्याधुनिक उपकरणको माध्यमबाट विराटनगरमै सम्भव हुने भएकाे छ ।

पुर्वी क्षेत्रमा क्यान्सरकाे राम्रो सेवा नभएकाे कारण बिरामीहरू भरतपुर र भक्तपुर गएर सेवा लिन बाध्य थिए । अब भने त्याे बाध्यता निकै पर भएको छ ।

आइतबार विराटमा औपचारीक रुपमा क्यान्सर इन्स्टिच्युटको कांग्रेस नेता तथा चिकित्सक डा शेखर काेइरालाले उद्घाटन गरे ।

औपचारीक रुपमा उद्घाटन आइतबार भएपनि विगत आठ महिना देखि सेवा सुरु भएको छ ।

विराट मेडिकल कलेजका अध्यक्ष डा ज्ञानेन्द्रमान सिंह कार्कीले एक सय शय्या क्यान्सर रोगकाे उपचारका लागि छुट्याइएको बताए । उनका अनुसार अस्पतालले क्यान्सरको उपचारको लागि एक अरब बढीको अत्याधुनिक उपकरण जडान गरेकाे छ ।

रेवन्त रूपमणी फाउन्डेसनबाट सञ्चालित विराट क्यान्सर इन्स्टिच्युटमा क्यान्सर सम्बन्धी सम्पूर्ण उपचार सेवा दिने उनले बताए । ‘कम खर्चमा क्यान्सरको सम्पूर्ण उपचार यहाँ हुनेछ,’ डा. कार्कीले भने, ‘अहिले १०० शय्याको रहेको छ ।

यसलाई अवश्यकताअनुसार थप विस्तार गर्दै अगाडि बढाउनेछौँ ।’ क्यान्सर इन्स्टिच्युटले कोशी प्रदेशसहित अन्य प्रदेश, भारतको विहारदेखि पश्चिम बंगालसम्मका बिरामीलाई सेवा दिने जनाएको छ ।

इन्स्टिच्युटले रेडिएसन थेरापी, मेडिकल अंकोलोजी, किमोथेरापी टार्गेट थेरापी, इम्युनो थेरापी, हर्मोनल थेरापी, सर्जिकल (महिला, पुरुष तथा बालबालिका), रेडियो–डाइग्नोसिस, इन्टरभेन्सनल रेडियोलोजी, स्टेरियोट्याक्टिक म्यामोग्राफी, प्रिभेन्टीभ अन्कोलोजी सेवा सञ्चालन गरेको छ ।

यसैगरी, प्रिभेन्टिभ अंकोलोजी, प्यालिएटीभ केयर, प्याथोलोजी विभाग, आहार तथा पोषणविद्द्वारा परामर्श, मनोविदद्वारा परामर्शलगायतका सेवा रहेका छन् ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com