बूढी र ड्राइभरलाई जागिर नदिएको भन्दै एचआइभीका निर्देशक ठाकुरले ग्लोबल फन्डको कार्यक्रम रोके


काठमाडौं ।  बूढी र एक जना ड्राइभरलाई जागिर नदिएको भन्दै एचआइभी एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा सञ्जय ठाकुरले ग्लोबल फन्डको कार्यक्रम रोकेका छन् । कार्यक्रम अगाडि बढाउनु अघि घुस माग्न लगाएका थिए । कर्मचारीले अस्वीकार गरेपछि आफैले बूढी र एक जनालाई ड्राइभरमा जागिर दिनु पर्ने भन्दै ब्लाकमेलिङ गरे । 

ठाकुरले विगत चार महिना देखि आईबीबीएस सर्भे रोकेर राखेका छन् । अधिकारीहरूले बताए अनुसार उक्त सर्भे अब नहुने भएको छ । स्वास्थ्य अनुसन्धान परिषदले समेत अनुमति दिएर अन्तिम स्वीकृतिका लागि एचआइभी एड्स तथा यौनरोग नियन्त्रण केन्द्रमा पठाएको छ । अगाडि बढाउन निर्देशकले अप्रुभ गर्नुपर्छ तर, त्यस अगाडि नै ठाकुरले बार्गेनिङ गरेका छन् । 

स्वास्थ्य क्षेत्रमा दङ्ङ दुङ्ती गन्हाएका ठाकुरले आईबीबीएस सर्भे रोकेर बुढीलाई जागिरको बार्गेनिङ गरिरहेको कुरा मन्त्रीसम्म पुगेको छ । तर, मन्त्री पनि उस्तै भएकाले यो विषय गुपचुपमा छ । मन्त्रीलाई पनि ग्लोबल फन्डको पीआर आफू बनेर यस्ता धेरै कुकृत्य गर्नुछ । ग्लोबल फन्डको पैसामा उच्च अधिकारीहरूले ब्लाक मेलिङ गरेको कुरा ग्लोबल फन्डको मूल्य कार्यालयमा समेत पुगेको छ । 

सरकारले सन् २०३० सम्ममा एड्स इपिडेमिकलाइ अन्त्य गर्ने लक्ष्य राखेको छ । एचआइभी इपिडेमिक न्यून व्याप्तता बाट केन्द्रित इपिडेमिकका रुपमा रूपान्तरण भएको छ । आम जनतामा कम मात्रामा भएपनि निश्चित समुदाय जस्तो, सईबाट लागू पदार्थ लिने व्यक्ति, पुरुषसँग यौनसम्पर्क गर्ने पुरुष, ट्रान्सजेन्डर, पुरुष यौनकर्मी, पुरुष प्रवासी श्रमिक र उनीहरूका परिवारमा एचआइभीको व्याप्तता उच्च रहेको छ ।

अधिकारीहरूले बताए अनुसार नेपालमा हाल सम्म सुईबाट लागूपदार्थ लिने व्यक्तिहरू बाहेक कुनै पनि “की” पपुलेसन मा राष्ट्रिय स्तरको आईबीबीएस सर्भे भएको छैन । पहिलो पटक नेपालमा पुरुष “राष्ट्रिय स्तरको पुरुष श्रम आप्रवासीहरू बीचको सर्वेक्षण २०२३” गर्नका लागि “ न्यू इरा ” ले मान्यता पाएको थियो । 

अनुसन्धानबाट प्राप्त भएका नतिजालाई आगामी वर्षको एचआइभी कार्यक्रमको कार्ययोजना बनाउँन तथा राष्ट्रिय एचआइभी रणनीतिक योजना २०२१ – २०२६ ले निर्धारण गरेको प्रभाव र नतिजाका सूचकहरुको अवस्था मापनमा पनि मद्दत हुनेछ । उक्त अध्ययन एचआइभी एड्स तथा यौनरोग नियन्त्रण केन्द्र, सेभ द चिल्ड्रेन / ग्लोबल फन्डको आर्थिक र प्राविधिक सहयोगमा हुने छ । तत्कालीन निर्देशक डा सुधा देवकोटाले अत्यन्तै आवश्यक ठानेर यो कार्यक्रम अगाडि बढाएको हो । 

ग्लोबल फन्डको पीआर सरकार आफै बन्नु पर्छ भनेर अहिले बोल्दै हिड्नेमा ठाकुर पहिलो नम्बरमा छन् । उनको यही बोलीले मोहन बस्नेत फिदा भएका छन् । तर, ठाकुर भने ग्लोबल फन्डको रकममा ब्लाक मेलिङ् गर्दै आएका छन् । विगत चार महिना देखि उक्त अध्ययनको फायल अड्कीएर बसेको छ । न्यु इराइन्टरपेड नामक संस्थाले यसमा काम गर्ने अवसर पाएका थिए । 

ग्लोबल फन्डको २ करोड बढी रकममा हुन लागेको उक्त सर्भेमा डा ठाकुर बार बनेर अगाडि देखा परेका छन् । इन्टरपेडले साईडको अध्ययन गर्ने हो भने न्यू इराले माइग्रेनमा केन्द्रित भएर अध्ययन गर्ने हो । यता इन्टरपेडको ३ करोडको फाइल भने स्वीकृत गरेर काम गर्न दिएको छ । इन्टरपेडमा पनि पैसा मागेका कारण लामो समय फाइल होल्ड गरेको थियो । 

दुवैसँग पैसा मागेर ग्लोबल फन्डको काममा अवरोध सृजना गरेपछि न्यु इराइन्टरपेडका कर्मचारी स्वास्थ्यमन्त्री बस्नेतलाई भेट्न गएका थिए । नेपाल सरकारको सन् २०२४ भन्दा अगाडीको बजेट भएकाले काम गर्न सहजिकरणको आवश्यकता ओल्याए । बस्नेतले पनि ठाकुरलाई फोन गरेर काम अगाडि बढाउन अनुनय विनय गरे । ठाकुरले इन्टरपेडसँग के सहमतिमा काम गर्यो जानकारी छैन, एक अधिकारीले भने, तर न्यु इराको फाइल बुढीलाई जागिर नदिदा सम्म नगर्ने भन्दै रोकेर राखेको छ । 

”सिनो“ कर्मचारी 

ठाकुर आफै मन्त्रीको नजिक हुन ग्लोबल फन्डको पीआर सरकार आफै हुनुपर्छ भन्दै हिँडेका छन् । बाहिर बडो आदर्शका कुरा छाँट्दै हिड्ने ठाकुर हरेक फाइलमा ब्लाक मेलिङ गरिरहेका छन् । विगतमा पनि सरकार पीआर हुँदा यसैगरी समुदायका लागि आएको बजेटमा अनियमितता गरेपछि ग्लोबल फन्डले सरकारबाट पीआर झिकेर सेभ द चिल्ड्रेनलाई दिएको थियो । सीआइबीले छापा मारेर लगेका सामान अझै फिर्ता भएको छैन । 

अहिले सरकारले पुन पीआर आफू हुनुपर्छ भन्दै प्रपोजल समेत पठाइसकेको छ । तर, ग्लोबल फन्डको बजेट कार्यान्वयन गर्ने निकायका सरकारी मतियारहरू आफ्नो स्वार्थमा मात्रै काम गर्न दिइरहेका छन् । ग्लोबल फन्डको बजेटमा ब्लाक मेलिङ गरेर राष्ट्रिय कार्यक्रमनै अवरुद्ध पार्ने “सिनो” हरुका कारण पनि हचुवामा सरकार पीआर बन्ने वातावरण अझै देखिएको छैन । 

एक कर्मचारीले भने, “नेपाल पीआर हुनुपर्छ भन्दै हिड्ने अनि उसैको बजेट बुढीलाई जागिर नदिएसम्म काम अगाडि बढ्न दिन्न भनेर सरकारलाई आएको रकम रोक्न मिल्छ ।” स्वास्थ्य सचिव र स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा संगीता कौशल मिश्राले यस्ता भ्रष्ट कर्मचारीलाई विभागबाट तत्काल बिदा गर्नुपर्छ । यस्ता कर्मचारीलाई जिम्मेवार ठाउँमा राख्दा भएका गरेका राम्रा कामहरू पनि ओझेलमा पर्नेछन् । ठाकुरका कारण केन्द्र पुरै सिनो झै गन्हाएको छ । उक्त गन्ध विभाग हुदै मन्त्रालय चाडै पुग्ने छ । 

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : ##Global Found, ##mohp nepal

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com