इमानदार नेताका “बैगुनी” कर्मचारी, सञ्जय ठाकुरद्धारा ग्लोबल फन्डको ल्यापटप दाखिला नगराई झ्वाम 


काठमाडौं । इमानदार नेताको नामलाई शक्तिमा बदलेर बिभिन्न संघ संस्थासँग बुढीलाई जागिर नत्र सोही बराबरको पैसाको ब्याल्ल मेलिङ गर्दै आएका डा सञ्जयकुमार ठाकुरले ग्लोबल फन्डको ल्यापटप समेत लगेको खुल्न आएको छ । ०७८ पुस २९ देखि ०७८ फागुन ५ सम्म एचआइभी एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको निर्देशक हुँदा ठाकुरले ग्लोबल फन्ड मार्फत दुई वटा ल्यापटप बुझेका थिए । 

निर्देशक भएपनि अफिसको लेटर हेड प्रयोग नगरी आफ्नै लेटरहेड बनाएर ल्यापटप मागेको अधिकारीहरू बताउँछन् । ल्यापटप बुझेपछि स्टोरमा दाखिला भएको पुष्टि गर्न पत्र पठाउँनु पर्छ । तर, ठाकुरले दाखिला नै फर्जी बनाएर ग्लोबल फन्डमा पठाएको पाइएको छ । उनले बुझेको ल्यापटप केन्द्रको स्टोरमा दाखिला भएको छैन । ठाकुरले डेल कम्पनीको डेल ल्याटिच्युट ५४२० मोडलको ल्यापटप अहिले सम्म वेपत्ता पारेका छन् । यस विषयमा डा ठाकुरसँग बुझ्न टेलिफोन सम्पर्क गर्दा उनी सम्पर्कमा आउँन चाहेनन् । 

बीचमा आर्थिक चलखेलबाट राष्ट्रिय क्षयरोग केन्द्र सरुवा भएका ठाकुर स्वास्थ्य मन्त्रालयको समन्वय महाशाखा हुदै पुन ०८० जेठ ३ देखि एचआइभी एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको निर्देशकमा छन् । ठाकुरको बलियो भरोसा भनेको समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल हो । नेपाली राजनीतिमा अरुभन्दा केही इमानदार मानिएका नेपालको बुई चढेर ठाकुरले स्वास्थ्य सेवामा भ्रष्ट्राचारको तोप पड्काउने गरेका छन् । 

स्वास्थ्य क्षेत्रका कर्मचारीहरूले बताए अनुसार ठाकुरलाई अख्तियारले समाउने बाहेक अरुले हल्लाउने आँट गर्दैनन् । हामी १२ सय टिक लिएर केन्द्रको गाडी छोरा पुर्‍याउन धरान जाने, हप्तौं पिच्छे सयौँ लिटर तेल लिने, सरकारबाट तेलको रकम समेत बुझ्ने, विभाग भित्रै सामान पुर्‍याउन निजी कुरियर कम्पनी हायर गर्ने र कमिसन खाने, खर्चको सिमा भन्दा बढी प्रयोग गरेका विषय निरन्तर बाहिर ल्याउने छौं । स्वास्थ्य सेवा विभागमा राम्रो कामको सुरुवात हुँदै गर्दा त्यसलाई ओझेल पार्न यस्ता कर्मचारी बदनामीको सिकार हुन काफी छ । 

केन्द्रका एक जना पूर्व कर्मचारीले भने, ठाकुरले सेवा अवधिभर जहाँ जहाँ काम गरेको छ, कुनै क्षेत्रमा राम्रो छाप बनाएको छैन । हरेक ठाउँमा भ्रष्ट्राचार, कर्मचारीसँग विवाद हुने गरेको छ । लेखा र आफू मिलेर अन्य कर्मचारीको जानकारी बिना कामहरू सक्ने ठाकुरको नियत रहेको छ । माधव नेपालको नामले स्वास्थ्यमा मनपरी चलाएको कर्मचारीहरू बताउँछन् । 

कि श्रीमतीलाई जागिर कि, त्यस बराबरको रकम 

स्वास्थ्य लाइभले बूढी र ड्राइभरलाई जागिर नदिएको भन्दै एचआइभीका निर्देशकले ग्लोबल फन्डको कार्यक्रम रोके शीर्षकमा समाचार लेखेपछि थप केही सस्थाहरूले ठाकुरले टचर दिएको विषयमा मुख खोलेका छन् । ठाकुरले श्रीमती निलु कुमारी मैथली बाहुनलाई जागिर दिन भन्दै आफू मातहत काम गर्ने आधिकांश संस्थालाई टचर दिएको पाइएको छ । जागिरका लागि बायोडाटा पठाएको हामीले फेला पारेका छौं । 

ठाकुरकी श्रीमती भएकै कारणले जागिर खानु हुदैन भन्ने स्वास्थ्य लाइभको मान्यता छैन । तर, जागिरलाई कामसँग ब्लाक मेलिङ् गर्न भने पाइदैन । जे पाहिदैन ठाकुर त्यही गरिरहेका छन् । केही सस्थाहरूले उनको आग्रहलाई स्वीकार गरेर कामको जिम्मेवारी दिए भने केहीले अन्तरवार्ताका लागि बोलाए । तर, निलु न अन्तरवार्ता दिन गईन, नत ती सस्थाहरूले लगाएको काम गरिन । 

काम गरेर तलब दिने जागिर ठाकुरले चाहेको हैन । ठाकुरले सबै संस्थाबाट महिनै पिच्छे तलब आउँने, हाजिर  र काम गर्न नपर्ने जागिर खोजेका थिए । काम नगरी तलब दिन नसक्ने भएपछि डा ठाकुर भने त्यस्ता संस्थाको फायल रोक्न लागिपरेका हुन् । स्रोतका अनुसार काम नगरी एफएचआई ३६० बाट बिभिन्न चरणमा निलुलाई जागिर खुवाएका छन् । 

मन्त्रालयका उच्च अधिकारीहरू भन्छन्, माधव कुमार नेपालमा आशीर्वादका कारण पटक पटक विना क्षमता स्वास्थ्यमा मालदार अड्डामा बस्दै आएका ठाकुरको एउटै काम हो, ब्लाक मेलिङ् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बस्दा ड्राइभरसँग पैसा मागेर व्यक्तिगत गाडीमा तेल हाल्दै हिडेपछि ड्राइभरले लिखित उजुरी हालेका थिए । आफ्नो विरुद्ध बोल्ने र लाग्ने कर्मचारीलाई मन्त्री वा महानिर्देशक समक्ष पुगेर गलत ब्रिफिङ गरी त्यस्ता कर्मचारीको जागिर नै खान अग्रसर ठाकुर अन्तत स्वास्थ्य मन्त्रालयबाट लखेटिन पुगेका थिए । अहिले पुन केन्द्रमा उही रूप देखाउन थालेका छन् । 

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ