Breaking ग्लोबल फन्डद्धारा बस्नेतलाई पीआर दिन अस्वीकार, ग्लोबल फन्डको विधि र प्रक्रिया पुरा गरे सरकारलाई मान्न तयार 


काठमाडौं । ग्लोबल फन्डले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पीआर बन्ने विषयको प्रपोजल पुन अस्वीकृत गरिदिएको छ । सन् २०२४ देखि सन् २०२७ सम्मका लागि ग्लोबल फन्डको अनुदानमा पीआर को बन्ने भन्नेमा लामो समय देखि विवाद रहँदै आएको छ । स्वास्थ्य मन्त्री मोहन बस्नेतले ग्लोबल फन्डको विधि र प्रक्रियालाई गलत्याउँदै आफ्नो व्यक्तिगत स्वार्थमा अगाडि बढ्न थालेपछि पीआर पाउने सम्भावना टर्दै गएको हो । 

बुधबार जेनेभाको उच्च स्तरीय टिम र स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बीच जुममा गोप्य मिटिङ भएको थियो । उक्त मिटिङमा बिधिर प्रक्रिया मानेर आए स्वीकार गर्न सकिने कुरा ग्लोबल फन्डकी वरिष्ठ पोर्टफोलियो व्यवस्थापक स्टेफन स्टोजानोभिकले प्रस्ट पारेका थिए । तर, नेपालको विधि र प्रक्रियालाई गलत्याए जस्तो ठान्दा बस्नेतलाई ग्लोबल फन्डले फेरी भित्तामा पुर्याएको छ । 

बस्नेतले नेपालको अन्तराष्ट्रिय जगतमा बेइज्जत गरेपछि ग्लोबल फन्डका पदाधिकारीले यस पटकको पत्रै नखोली प्रक्रिया पुरा गरेर आउँन अनुरोध गरेका थिए । तर, बस्नेतले अटेर गरेपछि पुन बिहीवार नै फेब्रुअरी ५ मा पठाएको प्रपोजल अस्वीकृत भएको जवाफ पठाएको छ । बस्नेतका कारण अन्तराष्ट्रिय जगतमा स्वास्थ्यका कर्मचारीहरूको समेत बदनाम हुँदै गएको छ । दातृ निकायसँग शिर झुकाएर कुरा गर्ने अवस्थामा कर्मचारीलाई पुर्याएका छन् । 

गत ५ फेब्रुअरीमा मन्त्रालयले पीआरका लागि प्रपोजल जेनेभा पठाएको थियो । तर, उक्त प्रपोजलमा समुदायको सहभागिता थिएन भने, सीसीएमबाट पठाउँनु पर्ने प्रपोजल मन्त्रालयबाट पठाइएको थियो । यति मात्र हैन, सीसीएम अध्यक्ष तथा हालका सचिव डा रोशन पोखरेलको हस्ताक्षर नगरी प्रमुख विशेषज्ञ डा टङ्क बराकोटीलाई गराएर पठाइएको छ । त्यसैले अवैध प्रक्रियाले गर्दा पीआर दिने सम्भावना नभएको बताएको छ । विधि र प्रक्रिया पुरा गरेर मात्रै पुन पठाउँन पनि निर्देशन दिएको छ । 

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com