ग्लोबल फन्डको पीआर आवेदक मध्ये सेभको उच्च स्कोर, यूएनडीपी दोस्रो


काठमाडौं । ग्लोबल फन्डको पीआर सरकार नबन्ने भएको छ । सरकारले संचालन गरेका कार्यक्रम नै प्रभावकारी नभएपछि उक्त कार्यक्रममा हात नहाल्ने निर्णयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेको छ ।

स्वास्थ्यको खरिदमा व्यापक पैसा देखेका मन्त्रीले कार्यक्रमको कार्यान्वयन पक्षमा खुट्टा कमाएका हुन् । तर, नयाँ पीआर को बनाउने भन्ने विषयको टुंगो लागेको छैन । नयाँ पीआर खोज्न आज दिउसो १ बजे स्वास्थ्य मन्त्रालयमा सीसीएमको बैठक बस्दैछ । यस अगाडी ग्लोबल फन्डले कार्यक्रमको प्रभाव मुल्यांकन गर्दा

पीआरका लागि आवेदन दिनेहरुको विगतको कार्य विवरण मुल्यांकनमा पहिलो नम्बरमा सेभ द चिल्ड्रेन फेडेरेसन परेको थियो । एचआइभी र क्षयरोगको कार्यप्रगति दुवैमा सेभ द चिल्ड्रेन फेडेरेसनले उच्च स्कोर पाएको थियो । नयाँ पीआरका लागि सेभ द चिल्ड्रेन फेडेरेसन, यूएनडीपी, प्लान इनटरनेशनल, यूएन ओपीएस, पाथ र द युनियनले आवेदन दिएका थिए ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com