सात वर्षपछि एन्टिमाइक्रोबियल रेसिस्टेन्स राष्ट्रिय कार्ययोजना स्वीकृत


काठमाडौं । सात वर्षपछि प्रतिजैविक प्रतिराेध /एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) राष्ट्रिय कार्ययोजना स्वीकृत भएको छ । मन्त्री परिषद बैठकले सात वर्षकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे प्रयासलाई सफल बनाएको छ ।

एन्टिमाइक्रोबियल रेसिस्टेन्स वा “प्रतिजैविक प्रतिरोध” विश्वका शीर्ष १० स्वास्थ्य खतराको सूचीमा छ । एन्टिमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रणको विरुद्धमा अहिले कुनै कदम चालिएन भने, सन् २०५० सम्ममा १ करोड मानिसहरुको मृत्यु हुने अनुमान छ । साथै विश्वव्यापी वार्षिक १३१० खर्ब नेपाली रुपैयाँको आर्थिक क्षति हुने अनुमान गरिएको छ ।

त्यस्तै, सन् २०३० सम्ममा एन्टिमाइक्रोबियल रेजिस्टेन्सले २ करोड ४० लाख मानिसलाई चरम गरिबीमा धकेल्ने अनुमान गरिएको छ । यसलाई चिर्न राष्ट्रिय कार्ययोजना स्वीकृत हुन जरुरी थियाे । राष्ट्रिय कार्ययोजना स्वीकृत गराउन स्वास्थ्य सचिव डा राेशन पाेखरेल, प्रमुख विशेषज्ञ डा विकास देवकोटा र मुख्यगरी गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा मदन कुमार उपाध्यायको याेगदान विशेष छ।

एन्टिबायोटिक रसिस्टेन्समा एक स्वास्थ्य रणनीति अनुसार काम गर्न अब सहज भएको छ । याेजना तर्जुमा गर्ने समयमा कार्ययोजना स्वीकृत भएकाले मन्त्रालयले ध्यानपुर्वक एन्टिबायोटिक रेसिस्टेन्सका क्षेत्रमा बजेट समावेश गराउन सक्ने भएको छ । याे सँगै कृषि, पशुपन्छी, स्वास्थ्य सबै निकाय समन्वय गरि एन्टिबायोटिक रेसिस्टेन्स न्युनिकरणमा जुट्न बाटो खुलेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्राालय गुणस्तर मापन तथा नियमन महाशाखाले पहिलाे पिल्लरका रुपमा देशभरका पत्रकारलाई एन्टिबायोटिक रेेसिस्टेन्सका बारेमा जानकारी गराएको छ ।

कार्ययोजना स्वीकृत सँगै प्रतिजैविक प्रतिरोध अन्त्य वा न्युनिकरणको लागि एक स्वास्थ्य अन्तर्गतका सबै सरोकारवालाले मिलेर काम गर्नुपर्ने हुन्छ । कार्ययोजना स्वीकृत नहुदा विगत सात वर्षदेखि आ-आफ्नै हिसाबले काम हुँदै आएका थिए ।

एन्टिबायोटिक रेसिस्टेन्स अर्थात् रोग प्रतिरोधी समस्या बढ्दो स्तरमा छ । किलरका रुपमा अगाडी देखिएको एन्टिबायोटिकलाई नजरअन्दाज गर्नु जनस्वास्थ्यका लागि हानिकारक हुन सक्छ । जसरी जीवाणुहरू विकसित हुँदै छन् ती यिनै औषधीप्रति प्रतिरोधी बन्दै गइरहेका छन् ।

के हो एन्टिबायोटिक रेसिस्टेन्स ?

ब्याक्टेरियाहरूको सङ्क्रमण रोक्न प्रयोग गरिने औषधिलाई एन्टिबायोटिक भनिन्छ । एन्टिबायोटिक प्रयोग गर्दा पनि ब्याक्टेरियामा आएको परिवर्तन वा एन्टिबायोटिक पचाउन सक्ने क्षमताको कारणले एन्टिबायोटिकको असर नदेखिए त्यस्तो अवस्थालाई एन्टिबायोटिक रेसिस्टेन्स (एन्टिबायोटिक प्रतिरोध) भनिन्छ ।

रेसिस्टेन्ट ब्याक्टेरियाले सङ्क्रमण गरेमा सामान्य अवस्थाभन्दा कडा एन्टिबायोटिक आवश्यक पर्ने, लामो समय अस्पताल बस्नु पर्ने र मृत्युदर पनि बढ्ने हुन्छ ।

एन्टिबायोटिक रेसिस्टेन्स विश्व स्वास्थ्य, खाद्य सुरक्षा र विकासको निम्ति ठूलो चुनौतीको रुपमा देखा परेको छ । क्षयरोग, निमोनिया, टाइफाइड लगायतका सङ्क्रमणहरुलाई एन्टिबायोटिक रेसिस्टेन्सको कारण उपचार गर्न कठिन हुँदै गइरहेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com